प्रदेश ३ ले सुरू गर्याे पर्यटन विकास अायाेजना

पर्यटकीय क्षेत्रको विकास, विस्तार तथा संरक्षणका लागि प्रदेश नं ३ ले पर्यटन विकास आयोजना स्थापना गरिएको छ । आयोजनाको कार्यालय प्रदेशको अस्थायी राजधानी हेटौँडामा राखिएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गत रहेको सो आयोजनामा १५ जना कर्मचारीको व्यवस्था भए पनि हाल चार जना कर्मचारी मात्र कार्यरत छ । नयाँ पर्यटकीय क्षेत्रको गन्तव्यको पहिचान गर्ने

छैठौँ खरिढुङ्गा गोल्डकपको उपाधि सिलढुङ्गालाई

दोलखा, कात्तिक २४ एक्टिभ व्वाइज क्लब खरिढुङ्गाको आयोजनामा भएको छैठौँ खरिढुङ्गा गोल्डकप फुटबल २०७५ को उपाधि सिलढुङ्गा युथ क्लब, सिन्धुपाल्चोकले हात पारेको छ । आज खरिढुङगाको खेलमैदानमा भएको प्रतियोगितामा दोलखाली टीम बुद्ध युथ क्लबलाई ४–१ को गोल अन्तरले पराजित गदैै सिलढुङ्गाले उपाधि हात पारेको हो । विजयी टीम तथा खेलाडीहरुलाई एक कार्यक्रमका बिच प्रमुख अतिथि

तामाकोशीमा लगानीकर्ताको आर्कषण

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा लगानीकर्ताले उल्लेख्य सहभागिता जनाएका छन् । बिहीबारदेखि बिक्री शुरु भएको साधारण शेयरमा आज दिउँसोसम्ममा एक लाख १६ हजारले आवेदन गरेका छन् । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेले बिक्री शुरु भएको दुई दिनमै मागभन्दा बढी रु दुई अर्ब २२ करोड बराबरको आवेदन परेको हो । कम्पनीले सर्वसाधारणका

कोदारी राजमार्ग पुनःनिर्माण

चिनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी लिमिटेड (सिआरसिसी)ले छिमेकी मुलुक चीन जोड्ने कोदारी राजमार्गको पुनःनिर्माण शुरु गरेको छ । लार्चास्थित सुक्खा बन्दरगाहको पुनःनिर्माण सकेपछि सडक निर्माण शुरु गरेको हो । भूकम्पले क्षति पु¥याएको सुक्खा बन्दरगाहको पुनःनिर्माणमा आएको चिनियाँ टोलीले नै सडक मर्मतको काम शुरु गरेको भोटेकोशी गाउँपालिका–२ का अध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठले बताउनुभयो । दुई वर्षदेखि पुनःनिर्माणमा खटिएको

दोलखामा पनि प्रहरी–समुदाय साझेदारी कार्यक्रम सुरु

दोलखा, कात्तिक ११ ‘हर प्रहर गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ नेपालभर एकैसाथ प्रहरी–समुदाय साझेदारी कार्यक्रमको शुभारम्भ भएको छ । यससँगै दोलखामा पनि आज यो कार्यक्रमको शुभारम्भ गरिएको छ । शान्ति सुरक्षा, समृद्धि र स्थायित्वका लागि स्थानीय तह, समुदाय, सामाजिक संघसंस्था तथा विद्यालयसँग साझेदारी रहने गरी नेपालभर एकैसाथ यो कार्यक्रमको सुरुवात

दोलखाको टासिनाममा आगलागीबाट २ जनाको मृत्यु

दोलखा, कात्तिक ९ दोलखा जिल्लाको गौरीशंकर गाउँपालिका, टासिनामका भूकम्पपीडितको टहरोमा आगलागी हुँदा एकै परिवारका २ जनाको मृत्यु भएको छ । आगलागीबाट अर्का एक सदस्य घाइते भएका छन् । जिल्लाको गौरीशंकर गाउँपालिका ९ स्थित टासिनामस्थित गोपाल शेर्पाको घरमा आगलागी हुँदा उनकी आमा र छोराको घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । आगलागीमा परी शेर्पाकी आमा

माथिल्लो तामाकोशीको आइपिओः यसअघि भरेकाले नपाउने

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले यही कात्तिक १५ गतेदेखि आम सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) बिक्री गर्ने भएको छ । आयोजनाले शेयर खरिद गर्न चाहनेलाई न्यूनतम ५० कित्ता अर्थात् ५ हजार रुपैयाँदेखि अधिकतम १ हजार कित्ता अर्थात् १ लाख रुपैयाँसम्मको शेयर खरिद गर्न सक्ने व्यवस्था गरेको छ । शेयर खरिद प्रक्रियामा यस अघि सहभागी भएकालाई भने आम

नेकपा दोलखाको कार्यालय स्थापना

नेकपा दोलखाले सदरमुकाम चरिकोटमा कार्यालय स्थापना गरेको छ । बुधबार आयोजित एक कार्यक्रममा केन्द्रीय सदस्यद्वय देवी खड्का र पार्वत गुरुङले कार्यालयको उद्घाटन गरेका छन् । तत्कालीन नेकपा (एमाले) दोलखाको कार्यालय रहेको मनमोहन स्मृति प्रतिष्ठानको भवनमै नेकपाको कार्यालय स्थापना गरिएको हो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य खड्काले जतिसक्दो छिटो तल्लो तहमा एकीकरण गरिने बताइन् । नेकपा दोलखाको मंगलबार बसेको बैठकले

विजयको प्रतीकको रुपमा परम्परागत खड्ग जात्रा सम्पन्न

दोलखा, कात्तिक ३ पौराणिक कथामा युद्धको शैलीमा नाचिने एतिहासिक दोलखा सहरको एउटा महत्वपूर्ण खड्ग जात्रा सम्पन्न भएको छ । पौराणिक तथा ऐतिहासिक सहर दोलखामा परम्परागत रुपमा देखाइँदै आएको खड्ग जात्रा बडा दशैँको टीकाको भोलिपल्ट सेतो दौरा, सेतो जामा र सेतै फेटा पहिरी जमाराको माला लगाई, खड्ग हातमा लिएर बजारको विभिन्न भागमा युद्धको शैलीमा नाच्दै मनाइन्छ

बडा दशैँको अवसरमा सशस्त्र प्रहरीले टुँडिखेलमा पिङ थाप्यो

दोलखा, असोज ३० हिन्दूहरुको महान चाड बडादशैँको अवसरमा सशस्त्र प्रहरी बल चरिकोटले सदरमुकामको टुँडिखेलमा लिङ्गे पिङ थापेको छ । पिङको उद्घाटन आज बिहान दोलखाका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले गरेका छन् । रिबन काटेपछि पिङ मच्चाएर उनले पिङको उद्घाटन गरेका हुन् । प्रमख जिल्ला अधिकारी पाठकसँगै जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक वासुदेव पाठक,