News Update दोलखाको लामाबगरमा पहिरोमा परी दुईको मृत्यु, पाँच बेपत्ता

दोलखा, भदौ १६/अविरल वर्षाका कारण दोलखाको लामाबगर गाविस वडा नम्बर ४ छ्योतछ्योतमा बुधवार राति गएको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता भएको छ । बुधवार राति करिब १० बजेतिर आएको पहिरोका कारण २१ वर्षीय बडुले तामाङ र पेममाया तामाङको मृत्यु भएको दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले बताए

सदरमुकाम राखेको गाविस सम्पर्क कार्यालयमा स्थानीयको तालाबन्दी

दोलखा, १६ भदौ, भुकम्प पीडितले लामो समयसम्म अनुदान नपाएको र गुनासोको समेत सुनुवाइ नभएको भन्दै स्थानीयले सदरमुकाम चरिकोटमा रहेको शैलुङ्गेश्वर गाविस सम्पर्क कार्यालयमा तालाबन्दी गरेका छन् । बिहीबार दिउँसो स्थानीय राजनैतिक दलका प्रमुखहरु, स्थानीय नागरिकहरुले गाविसको सम्पर्क कार्यालयमा तालाबन्दी गरी जिविस दोलखा कार्यालयमा गुनासो फाराम फिर्ता गर्न माग गरेका छन् । “”राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले भुकम्प

लामाबगरमा पहिरो, ७ बेपत्ता, ४ घर पुरिए

वर्षाका कारण बुधबार राती पहिरो जाँदा लामाबगर ४ छ्योत्छ्योतमा ४ घर पुरिएका छन् । पहिरोमा परी ७ जना बेपत्ता भएका छन् भने एकजना घाइते भएका छन् । छ्योतछ्योतबाट सिमीगाउँ जाने बाटो नजिक खोला छेऊमा गएको पहिरोले ४ घर पुर्ण रुपमा क्षति भएको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले जानकारी दिए । घटनास्थलमा नेपाली

१० दिनपछि गाउँ पुगे बस

रुटपरमिट नभएको भन्दै रोकिएका बस १० दिनपछि शनिबारदेखि गाउँ गाउँ पुगेका छन् । अर्को व्यवस्था नभएसम्मका लागि तत्काल जिल्लास्तरीय यातायात व्यवस्थापन समितिको निर्णय अनुसार यातायात सञ्चालन गर्ने यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघको सहमतिपछि यातायात सुचारु भएको हो । यातायात व्यवस्था कार्यालय जनकपुरले जिल्ला प्रशासन कार्यालय दोलखाको सिफारिस अनुसार ३६ वटा सडकमा ३ महिनाका

लामाबगर सहित ५ वर्षभित्र उत्तर–दक्षिण जोड्ने १० वटा व्यापारिक सडक विस्तार गरिने

आगामी ५ वर्षभित्र सरकारले उत्तर–दक्षिण जोड्ने महत्वपूर्ण १० व्यापारिक सडक विकास गर्ने भएको छ । यातायात विकासको पाँचवर्षे रणनीतिक योजनामा समावेश यी सडक विकास गर्न वार्षिक बजेटसमेत विनियोजन भइसकेको छ । यी सडक तयार भएपछि उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारतबीचको व्यापार एवं पारवहनमा थप सहज हुनेछ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत वर्ष

सिनर्जी पावर कम्पनीको सेयर संकलन आइतबारबाट बन्द हुने

  सिनर्जी पावर कम्पनीको सेयर संकलन आइतबारबाट बन्द हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि जारी गरेको सेयर आवश्यकताभन्दा बढी संकलन भइ सकेकाले आइतबारबाट संकलन कार्यबन्द गर्न लागेको हो । सिनर्जी पावरले दोलखाको गौरीशंकर र खारे गाविसको सिमाना भएर बग्ने सिप्रिङ खोलाबाट १० मेगावाट क्षमताको जलविद्युत आयोजनाबाट साँढे २ वर्षदेखि विद्युत उत्पादन गरिरहेको

दोलखाका ३६ सडकलाई अस्थायी रुटपरमिट सिफारिस

जिल्लाको ३६ कच्ची सडकमा सवारी सञ्चालनका लागि अस्थायी रुट परमिट दिन जिल्ला प्रशासन कार्यालय दोलखाले सिफारिस गरेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाले यातायात व्यवस्था कार्यालय साना÷ठूला सवारी बागमतीमा सोमबार चलानी नं. ४८८ मार्फत जिल्लाको ३६ ओटा कच्ची सडकलाई अस्थायी रुट परमिट दिन सिफारिस गरेको हो । कच्ची सडकहरुमा सरकारले वस सञ्चालनका लागि इजाजत नदिएपछि

चरिकोटमा कुकुर आतंक

चरिकोटमा कुकुरले टोकेर १० जना बढी घाइते भएका छन् । एउटै कुकुरले टोक्दा चरिघ्याङ, बसपार्क, घ्यावापानी लगायतका क्षेत्रमा महिला, बुढाबुढी र स्कुलबाट फर्कदै गरेका बालबालिकालाई टोकेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक विनोदकुमार सुनुवारले जानकारी दिए । कुकुर रेविज लागेको हुन सक्ने आशंका रहेको छ । कुकुरले टोक्ने वित्तिकै स्थानीयले प्रहरीलाई जानकारी गराएका

अब सिँगटीबाटै नागरिकता, उत्तरी दुर्गम क्षेत्रका जनतालाई सुविधा

दोलखा, ८ भदौ/जिल्लामा पहिलो पटक इलाका प्रशासन कार्यालय सिंगटीमा खुलेको छ । इलाका प्रशासन कार्यालय खुलेसँगै जिल्लाका उत्तरी क्षेत्रका जनतालाई सुविधा पुगेको छ । जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटुवालको प्रमुख आतिथ्यमा इलाका प्रशासन कार्यालय सिंगटीको उद्घाटन भएको हो । इलाका प्रशासन कार्यालय सिँगटीका प्रमुख देवराज लुइटेलको सभापतित्वमा भएको कार्यक्रममा लामीडाँँडा गाविसकी

पुष्पलाल मार्ग सञ्चालनमा, ढोली खोलामा डाइभर्सन

दुई साताअघि बाढीले पुल बगाएपछि बन्द भएको पुष्पलाल मार्गको यातायात सेवा सुचारु भएको छ । सडक डिभिजन कार्यालय चरिकोटले खोलामा डाइभर्सन गरेपछि आइतबारदेखि यातायात सुचारु भएको हो । सडक विभागले एक हप्तादेखिको प्रयासपछि खोलामा डाइभर्सन बनेको हो । डाईभर्सन बनेकाले सोमबार जफेबाट सोझै बस चढेर सदरमुकाम आएको सितापाइला उच्च माविका शिक्षक राजु कार्कीले बताए ।