अपर तामाकोसीको ठेक्का तोड्ने ऊर्जामन्त्रीको चेतावनी

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ४ सय ५६ मेगावाटको अपर तामाकोसी जलविद्युत् आयोजनाको काम समयमै पूरा नगरे टेक्सम्याको रेलवे इन्जिनियरिङ कम्पनीसँगको ठेक्का तोड्ने चेतावनी दिएका छन् । आयोजनाको हाइड्रो मेकानिकल सामानको आपूर्ति र जडानको जिम्मा लिएको भारतीय ठेकेदार कम्पनी टेक्सम्याको रेल्वे इन्जिनियरिङले काममा ढिलाइ गर्दा निर्माण प्रक्रिया लम्बिएको हो । आयोजनामा भएको ढिलाइका विषयमा ऊर्जासचिव अनुपकुमार

ठूला ठेक्काबाट स्वदेशी निर्माण व्यवसायीलाई अलग गर्न थालिएकोमा महासंघको कडा आपत्ति

  नेपाली निर्माण व्यवसायीहरु सहभागी हुनै नपाउने गरी एशियाली विकास बैंक लगायतका दातृ निकायले टेण्डर प्रक्रिया आह्वान गर्न थालेकोमा नेपाल निर्माण व्यवसायी महासंघले कडा आपत्ति जनाएको छ । महासंघले मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी ए.डि.बी लगायतका दातृ निकायहरुको ऋण सहयोगमा आह्वान हुने अरबौंको ठेक्काहरुमा नेपाली व्यवसायीले नै प्रतिस्पर्धा गर्नै नपाउनु कुनै पनि दृष्टिकोणबाट जायज नभएको

माथिल्लाे तामाकोसीको सेयर बाँडफाँट, न्यूनतम ४० देखि अधिकतम ५० कित्तासम्म सेयर

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको साधारण सेयर (आईपीओ) आज मङगलबार वितरण गरिएको छ । जसअनुसार ५० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिएका लगानीकर्तालार्इ गाेलाप्रथाद्वारा अधिकतम ५० देखि न्यूनतम ४० कित्ता सेयर परेकाे छ । ३ लाख लगानीकर्तालाई ४० कित्ताका दरले परेको छ । सर्वसाधारणका लागि कात्तिक १५ देखि २१ गतेसम्म खुलाइएको सेयर आज बाँडफाँट भएको हो

सिभिल बैंकको आठौँ वार्षिकोत्सवमा वृक्षरोपण

सिभिल बैंकले आठौं वार्षिकोत्सवको अवसरमा पशुपति क्षेत्रको चक्रपथसँग जोडिएको पार्किङ क्षेत्रमा वृक्षरोपण गरेको छ । बैंकले सञ्चालक समितिका अध्यक्ष इच्छाराज तामाङको सभापतित्वमा औपचारिक कार्यक्रम गरी वृक्षरोपण गरेको हो । पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा. मिलनकुमार थापा विशेष अतिथि रहेको कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, पशुपति क्षेत्र विकास कोषका पदाधिकारीहरू, बैंकका कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

अपर तामाकोशीको आईपीओमा ६ हजारको दोहोरो आवेदन

अपर तामाकोशीको आईपीओमा ६ हजार आवेदकले दोहोरो आवेदन गरेका छन् । विक्री प्रबन्धक नागरिक लगानी कोषले दोहोरो आवेदकहरुको पहिचान भईसकेकाले ती आवेदकको आवेदन रद्ध गरी बाँकीलाई शेयर बाँडफाँट गर्ने जानकारी दिएको छ । कम्पनीले यसअघि कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र आयोजना प्रभावित स्थानियलाई शेयर जारी गरेको थियो । यसअघि विक्री प्रबन्धकले मङ्सिर पहिलो सातामै बाँडफाँटको

भ्याट फिर्ता गर्ने व्यवस्था सम्भव छैन : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो कार्यकालमा मूल्य अभिवृद्धि कर (भ्याट) फिर्ता गर्ने व्यवस्था नहुने घोषणा गरेका छन् । भ्याट फिर्ता गर्ने व्यवस्था समग्र अर्थतन्त्रका लागि विकृतिको जड भएको उनको भनाइ छ । आन्तरिक राजस्व विभाग र नेपाल उद्योग परिसङ्घले कर सप्ताहको अवसरमा बुधवार राजधानीमा आयोजना गरेको ‘कर सुधार : आजको अपरिहार्य’ विषयक अन्तरक्रियामा उनले यस्तो

माथिल्लो तामाकोसीको आईपीओ मङ्सिर १२ मा बाँडफाँट हुने

सर्वसाधारणका लागि खुलाइएको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको प्राथमिक सेयर (आईपीओ) अर्को साता बाँडफाँट हुने भएको छ । कम्पनीको १ अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ८५ हजार कित्ता आईपीओ मङ्सिर १२ सोमबार बाँडफाँट हुने भएको हो । आयोजना प्रभावित स्थानीय वासिन्दाका लागि खोलिएको आईपीओ बाँडफाँटपछि कम्पनीले कात्तिक १५ देखि कात्तिक

सिद्धार्थ शमशेर राणा सबैभन्दा बढि व्यक्तिगत आय कर तिर्ने करदाता

व्यवसायी सिद्धार्थ शमशेर राणा सबैभन्दा बढि व्यक्तिगत आय कर तिर्ने करदाता बनेका छन् । शनिबार सम्पन्न सातौं राष्ट्रिय कर दिवस कार्यक्रममा राणालाई सरकारले सबैभन्दा बढि व्यक्तिगत कर तिर्ने करदाताको रुपमा सम्मान गरेको हो । त्यस्तै व्यापार व्यवसायतर्फ धेरै आयकर तिर्ने कम्पनीको सम्मान पनि राणाको सिप्रदी टे«डिङलाई नै दिइएको छ । त्यस्तै सबैभन्दा बढि कर तिर्ने

थप २५ स्थानमा केबुलकार प्रस्ताव

अग्ला, पर्यटकीयस्थल तथा मन्दिरलगायतका स्थानलाई लक्षित गर्दै केबुलकार सञ्चालनका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग २३ वटा कम्पनीले अनुमतिका लागि प्रस्ताव गरेका छन् । यस्तै, संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयसँग आईईएई (वातावरणीय अध्ययन अनुमति) का लागि दुईवटा आवेदन परेको छ ।  मन्त्रालयका अनुसार इलामको पाथिभरा दर्शन प्रालि, बूढानीलकण्ठदेखि शिवपुरी डाँडासम्मको त्रिवेणी केबुलकार, इलाम पाथिभरा

बुधबारदेखि मध्यभोटेकोसीको सीमित आर्इपीओ

मध्यभोटेकोसी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड रूपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण सेयर(आर्इपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण सेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका