भुटान निर्वाचन ः प्रारम्भिक चरणबाटै सत्ताधारी दल बाहिरियो

भुटानको सत्ताधारी दल तथा वर्तमान प्रधानमन्त्री छिरिङ्ग थोब्गेको दल पिपुल्स डेमोक्रेटिक पार्टी (पीडीपी) लाई आइतबार सम्पन्न प्रारम्भिक चरणमा अनपेक्षित झड्का लागेको छ । नतिजा अनुसार प्रधानमन्त्री थोब्गेको दल पीडीपीले १८८० मतका साथ तेस्रो स्थानमा आएको छ भने ड्रुक न्यामरूप छोप्पा (डीएनटी) ले दुइ हजार ४३२ ल्याई दोस्रो र ड्रुक फुएन्सुम छोक्पा (डीपीटी) ले चार हजार

चन्द्रमामा पर्यटक लैजाने स्पेसएक्सको नयाँ योजना

(रासस/एएफपी) ः स्पेसएक्सले बीग फाल्कन रकेट (बीएफआर) को प्रयोग गरी चन्द्रमाको परिधिमा पर्यटक लैजाने नयाँ योजना बिहीबार सार्वजनिक गरेको छ । अन्तरिक्षमा पर्यटकलाई लैजाने गरी बीएफआरमा व्यापक सुधार सहित डिजाइन गरिएको कम्पनीले जनाएको छ । कम्पनीले बीएफआरको प्रयोगमार्फत चन्द्रमाको परिधिमा उड्नका लागि विश्वकै पहिलो यात्रुसँग सम्झौता गरिसकेको बताएको छ । अन्तरिक्षमा यात्रा गर्ने सपना बोकेका

बङ्लादेशका पूर्वप्रधानमन्त्री जिया ढाका जेलमा स्थानान्तरण

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ। भ्रष्टाचारको अभियोगमा जेल सजाय भोगिरहेकी जियालाई सरकारले ढाका केन्द्रीय जेलमा स्थानान्तरण गरेको हो। ७३ वर्षकी जियाले पाँचवर्षे जेल सजाय भोगिसकेकी छन्। जेल सार्ने बेलामा ह्लिचियरबाट लगिएको थियो। राम्रोसँग सुन्नसमेत नसक्ने नेत्री जियाले आफू अत्यन्त बिरामी भएको अदालतसमक्ष बताएकी। उनले भनिन्

आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपति

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको दल तेहरिक–ए–इन्साफका तर्फबाट उम्मेदवार हुनुभएका आरिफ अल्भी पाकिस्तानको नयाँ राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । पाकिस्तानको दुबै संसद तथा चारवटा प्रान्तीय सभाका सांसदहरुले राष्ट्रपतिका लागि मङ्गलबार मतदान गरेका थिए । पाकिस्तानमा हाल मामून हुस्सैन राष्ट्रपतिमा हुनुहुन्छ । पाकिस्तानको निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचनको परिणाम बुधबार प्रमाणित गरेसँगै आरिफ अल्भी निर्वाचित भएको घोषणा गरिनेछ

१८बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै चौथो बिम्स्टेक शिखर बैठक सम्पन्न

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनले १८ बुँदे काठमाडौँ घोषणापत्र जारी गर्दै यस क्षेत्रबाट गरिबी घटाउने र लगानी र व्यापारको माध्यमबाट आर्थिक उन्नयनको दिशामा अग्रसर हुने प्रतिबद्धता व्यक्त गरेको छ । सङ्गठनको संस्थागत सुधार, सम्पर्क तथा सम्बन्ध विस्तार, व्यापार र लगानी, प्रतिआतङ्कवाद तथा अन्तर्राष्ट्रिय अपराध, अपराध तथा

के म्यान्मारको सेना सजायको भागिदार हुनेछ ?

– ः संयुक्त राष्ट्रसंघीय समितिले म्यान्मारको सैनिक नेतृत्वलाई रोहिङग््या जातीविरुद्ध भएको भनिएको अपराधमा न्यायालयको सामना गर्नुपर्ने बताएको छ । यहाँको सेना कारबाहीको भोगी होला भन्ने बिषय लामो र जटील छ । आफ्नो सहयोगीविरुद्ध ल्याइने कुनै पनि कारबाहीको मागलाई अन्तरराष्ट्रिय फौजदारी अदालतमा लान चीनले अवरोध सिर्जना गर्न सक्छ । राष्ट्रसंघीय तथ्य–अन्वेषण टोलीले सोमबार प्रस्तुत गरेको प्रतिवेदनमा

सार्क, दक्षिण एसिया र विमस्टेक

आमसञ्चार तथा पत्रकारिताको स्नातकोत्तर तहमा सार्क मिडिया विषयको हालै सम्पन्न परीक्षामा पूर्वाञ्चल विश्वविद्यालयले सोधेको प्रश्न थियो– सदस्य राष्ट्रबीचको आफ्नै कारणले सार्कले आफ्नो १९ औँ शिखर सम्मेलन त आयोजना गर्न सकेको छैन, दक्षिण एसियाली क्षेत्रको विकासमा यस्तो सङ्गठनबाट कस्तो अपेक्षा गर्न सकिन्छ ? दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन, सार्कसँग सम्बन्धित विद्यालय, विश्वविद्यालयका पाठ्यक्रम या अरु क्षेत्रमा

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने सपना पूरा होलाजस्तो छ । यी प्रतिभाशाली धाबक बोल्ट अस्ट्रेलियाको सेन्ट्रल कोस्ट म्यारिनर्स क्बलमा आबद्ध भई पहिलो पटक तालिममा सहभागी भएका छन् । हिउँदको हल्का चिसो मौसम भएपनि ग्लोब र ट्राकसुटमा सजिएका यी जमैकाली खेलाडीले मैदानमा पहिलो अभ्यास गरेका छन् । अस्ट्रेलियाको ए–लीगमा रहेको

चीनमा ५७.७ प्रतिशत इन्टरनेट प्रयोगकर्ता

चीनमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या ५७.७ प्रतिशत पुगेको तथ्याङ्क सार्वजनिक गरिएको छ । इन्टरनेट प्रयोग गर्नेमध्ये २६.३ प्रतिशत ग्रामिण क्षेत्रमा बसोबास गर्ने नागरिक रहेको समाचारमा जनाइएको छ । चिनियाँ अनलाइन प्रयोगकर्ताहरूको सङ्ख्या ८० करोड २० लाख पुगेको सोमबार सार्वजनिक गरिएको चिनियाँ अनलाईन विकास विवरणमा उल्लेख छ । गत जुन महिनाको अन्त्यसम्मको यो तथ्याङ्कमा इन्टरनेट प्रयोगकर्ताहरूको सङ्ख्या

बीस लाख हजयात्री मक्कामा, हजयात्रा सुरु

विश्वभरका बीसलाख भन्दा बढी मुस्लिमहरु हज गर्न पवित्र तीर्थस्थल साउदी अरबको मक्कामा भेला भएका छन् । विश्वमै सबैभन्दा ठूलो धार्मिक कार्यक्रमको रुपमा लिइने हजयात्रा आइतबारदेखि सुरु भएको हो । मुस्लिम धर्माबलम्बीहरुको पाँच प्रमुख धार्मिक कार्यक्रममध्ये एक मानिने मक्काको हजयात्रा छ दिनसम्म गर्ने परम्परा रहेको छ । “हजयात्राका लागि मक्कामा आउनु हरेक मुस्लिम धर्माबलम्बीको सपना हो,”