असहाय बालबालिकालाई व्यवसायीको सहयोग

दोलखा, बैशाख २१ दोलखा चरिकोटका व्यवसायी तथा समाजसेवी सनत थापाले गौरीशंकर बालगृहका असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यवस्तु सहयोग गरेका छन् । चरिकोट सातदोबाटोमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दैआएका थापाले गौरीशंकर बालगृहका असहाग बालबालिकाहरुलाई आवश्यक स्कुले झोला, मिठाई तथा फलफूल प्रदान गरेका हुन् । उनले आज करिब २५ हजार रुपैयाँ बराबरको सामग्री बालबालिकाहरुलाई वितरण गरेका छन्

राप्रपा सांसद लिङदेनलाई धम्काउने व्यक्ति पक्राउ

काठमाडौं २०७५ चैत २६ राप्रपाका सांसद राजेन्द्र लिङदेनलाई धम्काउदै पैसा माग्ने व्यक्ति पक्राउ परेका छन् । झापा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद लिङदेनलाई सुरुमा एक जना अपरिचितले ह्वाट्सएपमा तपाईँलाई मार्न एक जना मान्छे लागेको र उक्त मान्छेबाट तपाईलाई खतरा हुने भएकाले जोगिएर हिंड्न शुभेच्छुकका हैसियतले सूचना दिएको बताएका थिए । सांसद लिङदेनका अनुसार ती

माया गुरुङको नेतृत्वमा जुगलमा मानव पाइला

काठमाडौं — आरोही माया गुरुङको नेतृत्वमा ३ जनाले जुगल हिमालमा पहिलोपटक पाइला टेकेका छन् । जुगल गाउँपालिकाका प्रमुख होमनारायण श्रेष्ठकाअनुसार आरोही गुरुङसहित शर्मिला थापा, मिलन तामाङले पाइला टेकिसकेका छन् । जुगल हिमाल समुद्री सतहबाट ३ हजार ८ सय मिटर अग्लो छ । काठमाडौंबाट सबैभन्दा नजिक रहेको जुगलमा गएको शुक्रबार टोली आरोहणको लागि लागेको थियो । ‘हामी अबको ५ मिनेटमा शिखरमा

बन्यजन्तुको अवैध व्यापार रोक्न सशस्त्रलाई अभिमुखीकरण

दोलखा, चैत्र २४  बन्यजन्तु चोरी शिकारी तथा तिनका अङ्गको अवैध व्यापार नियन्त्रण गर्ने उद्देयका साथ दोलखाको विगु गाउँपालिकामा एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । विगू १ स्थित माथिल्लो तामाकोसी जलबिद्युत आयोजना सुरक्षा वेस लामाबगरमा कार्यरत ४० जना सशस्त्र प्रहरीलाई अभिमुखीकरण गरिएको हो । कार्यक्रममा संरक्षित वन्यजन्तुको वारेमा जानकारी, शिकार तथा तस्करी रोक्न प्रयोग

बारको अध्यक्षमा प्रगतिशीलका चण्डेश्वर श्रेष्ठ र महासचिबमा लोकतान्त्रिकका लीलामणि पौडेल विजयी

काठमाडौं, २१ चैत । कानून व्यवसायीको छाता सङ्गठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील समूहका चण्डेश्वर श्रेष्ठ विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस निटक सुनिलकुमार पोखरेललाई पराजित गर्दै श्रेष्ठ विजयी भएका हुन् । श्रेष्ठले ३ हजार १ सय ५४ मत प्राप्त गरी विजय भए भने पोखरेलले ३ हजार २७ मत पाएका थिए । यसैगरी

सिरहामा एड्स राेगका कारण २४ जनाको मृत्यु

२० चैत , काठमाडाै – सिरहामा एचआइभी एड्सका कारण २४ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत सरोज कर्णले जानकारी दिएका छन । लहानस्थित आरटी सेन्टरमा फागुन मसान्तसम्ममा पुरुष ९७, महिला ७१, तेस्रो लिङ्गी दुई, बालक १३ र बालिका चारजना एचआइभी सङ्क्रमितले उपचारका लागि नाम दर्ता गराएकामा १ सय ६३ को उपचार भइरहेको स्वास्थ्य

परिक्षामा पास गराइदिने भन्दै छात्रामाथि याैन दुर्व्यवहार

२० चैत , काठमाडाै – पाँचथरको हिलिहाङ गाउँपालिकामा कार्यरत सप्तरी शम्भुनाथ घर भएका शिक्षक उपेन्द्र चौधरीले मंगलबार कक्षा ८ मा अध्ययनरत किशोरीमाथि परीक्षामा प्रथम बनाइदिने प्रलोभन पारेर यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । उनले बालिका घरमा एक्लै भएको मौका छोपेर किशोरीमाथि जबर्जस्ती गर्न खोजेको पीडितले बयान दिएकी छन् । किशोरीका आफन्तले प्रहरीमा

सर्वोच्च अदालतको न्यायाधीशका लागि ५ जनाको नाम सिफारिस

१९ चैत , काठमाडाै – सर्वोच्च अदालतका न्यायाधीशका लागि न्याय परिषद्ले ५ जनाको नाम सिफारिस गरेको छ । सिफारिस गरिएको नाममा प्रकाश ढुंगाना, सुक्ष्मलता माथेमा, कुमार रेग्मी, हरि फुयाल र मनोज शर्मा रहेका छन् । सिफारिस हुनेहरूमध्ये सर्वोच्चमा उच्च अदालत पाटनका मुख्यन्यायाधीश प्रकाश ढुंगाना र उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश सुष्मालता माथेमा छन् भने वकिलबाट बरिष्ठ

हुरीमा घाइते भएका १ बालककाे मृत्यु

१९ चैत , काठमाडाै – हुरीबाट घाइते भएका बाराको फेटा गाउँपालिका – ६ पुरैनियाका फिराेज अन्सारीका ५ वर्षीय छोरा फैयाज आलमको उपचारको क्रममा मृत्यु भएकाे छ । वीरगन्जको नेशनल मेडिकल कलेजको आइसीयुमा उपचारका क्रममा मंगलबार आलमकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ । असिनापानीसँगै आइतबार साँझ बारा र पर्सामा आएको शक्तिशाली हुरीमा मृत्यु हुनेको संख्या २८

बारा र पर्सामा हावाहुरीले २७ ले ज्यान गुमाए, ४०० बढी घाईते सहयोगमा जुट््न प्रधानमन्त्रीको आग्रह

२०७५ चैत १७ आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या २७ पुगेको छ भने ४०० भन्दा बढी घाइते छन्् । हावाहुरीले २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ । ठूलो हताहती भएकाले मृतकहरुको पहिचान भैनसकेको जनाईएको छ । घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी