प्रत्येक नेपालीले फोनमा खर्चन्छन् वार्षिक २२ सय ३४ रुपैयाँ

नेपालमा एकजना टेलिफोन प्रयोगकर्ताले वर्षभरिमा औसतमा २ हजार २ सय ३४ रुपैयाँ खर्च गर्ने गरेको तथ्यांक सार्वजनकि भएको छ । गत आर्थिक वर्षमा सञ्चालनमा रहेका ५ वटा दूरसञ्चार कम्पनीका ग्राहकले गरेको वार्षिक खर्चलाई आधार मान्दा यस्तो देखिएको हो । एनसेलका ग्राहक खर्चालु नेपालमा सञ्चालित दूरसञ्चार कम्पनीमध्ये एनसेलका ग्राहकले सबैभन्दा धेरै खर्च गर्ने गरेको पाइएको छ

तामाकोसी–तेस्रो आयोजनाको क्षमता घटाउन विभागद्वारा टिबिआईसँग थप विवरण माग

विद्युत् विकास विभागले तामाकोसी–तेस्रो जलविद्युत् आयोजनाको क्षमता घटाउने विषयमा टिबिआई होल्डिङ कम्पनी लिमिटेडसँग थप विवरण मागेको छ ।टिबिआईले ६ सय ५० मेगावाट क्षमताको उक्त आयोजनालाई तीन सय मेगावाटमा झार्न विभागमा निवेदन दिएपछि उसले थप विवरण माग गरेको हो। टिबिआईले पुसको तेस्रो साता क्षमता घटाउन विभागमा निवेदन दिएको थियो । विभागले क्षमता घटाउनुको कारण माग गरेको

अपर तामाकोसी र कुलेखानी ढिलाइ गर्नेलाई कारबाहीको तयारी

नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोमा भइरहेको ढिलाइ गर्नेलाई कारबाही गर्ने तयारी गरेका छन् । सोमबार नेपाल विद्युत् प्राधिकरणमा भएको एक कार्यक्रममा बोल्दै मन्त्री पुनले ढिला गर्नेको अनुसन्धान भइरहेको र उनीहरूलाई गम्भीर कारबाही गर्ने जानकारी दिए ।   ‘राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी र कुलेखानी तेस्रोको काममा भइरहेको ढिलाइका विषयमा

स्वैच्छिक अवकाश रोक्ने सरकारको तयारी

शेरबहादुर देउवा नेतृत्वको सरकारले समायोजनमा जान नचाहने कर्मचारीका लागि स्वैच्छिक अवकाशको आकर्षक प्याकेज ल्यायो । एकमुष्ट सात वर्षसम्मको पेन्सन सुविधा एकैपटक बुझेर घर जान पाइने भएपछि सेवाअवधि लगभग सकिन लागेका कर्मचारीलाई भनेजस्तै भयो । पियन र खरिदार मात्रै होइन, अधिकृतदेखि सचिवसम्मले अवकाशका लागि निवेदन दिए । ९ हजार ५ सय ९१ कर्मचारी स्वैच्छिक अवकाश लिन

अब घाँसको पनि बिमा, यस्तो छ मापदण्ड

तरकारी बालीपछि बिमा समितिले घाँसेबाली बिमालेख सञ्चालनमा ल्याउने तयारी गरेको छ । नेपाल घाँस विकास संघ र राष्ट्रिय चरन पशु आहार केन्द्रको समन्वयमा समितिले घाँसेबाली बिमा योजना निर्माण गर्ने तयारी गरेको हो । समितिका अनुसार केही दिनमै यस्तो बिमालेख जारी हुनेछ । यस बिमालेखअनुसार बिमा अवधिभित्र घाँसबालीमा भएको हानि–नोक्सानीको उत्पादन मूल्यका आधारमा बिमा कम्पनीले क्षतिपूर्ति

राष्ट्रपति र उपराष्ट्रपति दोहोरिने सम्भावना

निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेसँगै वाम गठबन्धनले वर्तमान राष्ट्रपति भण्डारीलाई नै राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी गरेको छ । गठबन्धनका एमाले र माओवादी केन्द्रबीच राष्ट्रपति एमाले र उपराष्ट्रपति माओवादी केन्द्रले नै लिने अनौपचारिक सहमति भइसकेको बताइएको छ। फागुन २९ मा राष्ट्रपति निर्वाचन हुने कार्यक्रम छ। एमाले वरिष्ठ नेता झलनाथ खनाल र माओवादी केन्द्रका नेता

माथिल्लो तामाकोसीको सेयर वितरण प्रक्रियाप्रति प्रभावित स्थानीय असन्तुष्ट

दोलखाको लामाबगरमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनामा प्रभावित स्थानीयलाई छुट्याइएको १० प्रतिशत साधारण सेयर वितरण प्रक्रियाप्रति स्थानीयले असन्तुष्टि जनाएका छन् । आयोजना निर्माणस्थल र पानीको मुहान रहेको गाउँपालिकाका स्थानीयले सेयर वितरण मापदण्ड विभेदपूर्ण भएको भन्दै बिगु र गौरीशंकर गाउँपालिकाका स्थानीयले असन्तुष्टि जनाएका हुन् । उनीहरूले संक्रमणकालीन अवस्थामा गरिएको निर्णय मुलुक संघीय संरचनामा गएर संविधान कार्यान्वयन

आज सरकार विस्तार

प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन्। पार्टी एकतामा सहमत माओवादी र आफ्नै पार्टी नेतालाई समेटेर प्रधानमन्त्रीले दो श्रो चरणमा सोमबार मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन्। मन्त्रिपरिषद् विस्तारको तयारीका लागि एमाले–माओवादी दुवैले आइतबार आ–आफ्ना पार्टी नेतासँग सामूहिक, एक्लाएक्लै छलफलसमेत गरी आन्तरिक तयारी गरेका थिए । प्रधानमन्त्री ओलीले

खनाल र शेरचनको राष्ट्रपतिमा दाबी

निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन मिति तोकेलगत्तै वाम गठबन्धनभित्र उम्मेदवारका बारेमा अनौपचारिक छलफल सुरु भएको छ । यद्यपि, पार्टी एकता संयोजन समितिमा भने यो विषयले अझै औपचारिक प्रवेश पाएको छैन । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतासँग सम्बन्धित सैद्धान्तिक–वैचारिक पक्ष, सांगठनिक स्वरूप, सरकार गठन, राष्ट्रपति, उपराष्ट्रपतिका

३८औँ व्यक्ति, ६२औँ प्रधानमन्त्री

एमाले अध्यक्ष केपी ओली १८ महिनापछि प्रधानमन्त्रीका रूपमा सिंहदरबार फर्किएका छन् । असोज ०७२ मा पहिलोपटक प्रधानमन्त्री भएका उनीविरुद्ध माओवादी र कांग्रेसले अविश्वास प्रस्ताव ल्याएपछि उनको कार्यकाल १० महिनामा सकिएको थियो । अघिल्लो साउनमा सिंहदरबारबाट बिदा भएका उनी माओवादीकै समर्थनमा सिंहदरबार पुगेका छन् । एमालेका १२१ र माओवादी केन्द्रका ५३ सहित १७४ सांसदको समर्थनमा उनी