दोलखा मालपोतमा सेवाग्राहीको काम ठप्प

दोलखा, साउन ३ मालपोत कार्यालय दोलखामा कार्यरत सहायक कम्प्युटर अपरेटरहरुले आफूहरुले गर्दैआएको काम आज दिउँसोदेखि अचानक छोड्दा सेवाग्राहीहरुको काम ठप्प भएको छ । सहायक कम्प्युटर अपरेटर अस्थायी करार पदमा कार्यरत दुईजनाले आज दिउँसोदेखि काम छोड्दा १२ जना बढी सेवाग्राहीहरुको काम रोकिएको मालपोत कार्यालयका प्रशासन प्रमुख मुरारि दुलालले जानकारी दिए । मालपोत कार्यालयका स्थायी कम्प्युटर अपरेटर

नापी कार्यालय दोलखा अब आफ्नै भवनमा

दोलखा, साउन २ वर्षौँदेखि भाडाको घरमा बस्दै आएको नापी कार्यालय दोलखाले अब आफ्नै घरबाट सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय नजिकै रहेको नवनिर्मित कार्यालय भवनमा कार्यालय सार्नका लागि आज विधिवत् पूजापाठ गरिएको छ । यही साउन ६ गतेदेखि नापी कार्यालयले सेवाग्राहीहरुलाई नवनिर्मित कार्यालय भवनबाट नियमित सेवा दिने नापी कार्यालय दोलखाका कार्यालय प्रमुख रामकुमार

चरिकोटमा बेवारिसे लास फेला

दोलखा असार २३ दोलखा सदरमुकाम चरिकोटमा तराई मूलको जस्तो देखिने अन्दाजी २८/२९ वर्षको एक बेवारिसे लास फेला परेको छ । शुक्रबार साँझ करिब साढे ५ बजेतिर भीमेश्वर नगरपालिका–३ स्थित तरकारी बजार नजिकै रहेको खोल्सीमा गहुँ गोरो वर्ण र ५ फिट ४ इन्च उचाइ भएको पहिचान नखुलेको पुरुषको लास फेला परेको प्रहरीले जानकारी दिएको छ ।

७ सय ५३ स्थानीय तहको बजेट आउँदै

आइतबार देशभरका ७ सय ५३ स्थानीय तहमा आगामी आर्थिक वर्ष ०७५/७६ को बजेट आउँदै छ । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन २०७४ अनुसार गाउँ कार्यपालिका र नगर कार्यपालिकाले प्रत्येक असार महिनाको १० गतेभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा पेस गर्नुपर्छ । आइतबार सबै स्थानीय तहको सभामा बजेट पेस हुने अर्थ मन्त्रालय,

विद्युत चोरीका संलग्न दुई वडाध्यक्ष पक्राउ

विद्युत चोरीका संलग्न दुई वडाध्यक्षहरु पक्राउ परेका छन् । चोरी नियन्त्रणका लागि बिहीबार खटिएको नेपाल विद्युत प्राधिकरणको टोलीले काभ्रेको मण्डनदेउपुर नगरपालिका वडा नम्बर७का वडाध्यक्ष नारायण लम्साल र सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर५का वडाध्यक्ष रामानन्द चौधरीलाई पक्राउ गरेको हो । गृह मन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिचाइ मन्त्री वर्षमान पुन, गृह सचिव प्रेमकुमार राई, प्राधिकरणका

सहुलियतमा उपचारका लागि दोउवा संघ र सामुदायिक अस्पतालबिच सम्झौता

दोलखा जेठ २२ दोलखा उद्योग बाणिज्य संघले आफ्ना सदस्यहरुको सहुलियतमा स्वास्थ उपचार गर्नका लागि दोलखा सामुदायिक अस्पतालसँग सम्झौता गरेको छ । दोलखा उद्योग बाणिज्य संघका अध्यक्ष सुन्दर कार्की र दोलखा सामुदायिक अस्पतालका अध्यक्ष अमृत बुढाथोकी बिच उपचारका सम्पूर्ण सेवामा २० प्रतिशत छुट गर्ने सम्झौता भएको हो । उद्योगी ब्यवसायीहरुको पेशागत संरक्षणका साथै जीवन रक्षाको लागी

दोलखा रेडक्रसलाई च्छो–रोल्पा अस्पतालको सहयोग

दोलखा/नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दोलखाद्वारा सञ्चालित रक्त सञ्चार सेवाको लागि च्छो–रोल्पा जनरल अस्पताल प्रालि चरिकोटले एक लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ । दोलखा जिल्ला रेडक्रसले सञ्चालन गरेको रक्त सञ्चार सेवाको लागि थप टेवा पुगोस् भन्ने उद्देश्यले गणतन्त्र दिवसको अवसरमा अस्पतालले उक्त रकम हस्तान्तरण गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष पृथ्वी बहादुर श्रेष्ठले

छोराछोरी निजी विद्यालयमा पढाए तलबभत्ता काटिने

 इलामको माईजोगमाई गाउँपालिकाले छोराछोरीलाई निजी विद्यालयमा पढाउने जनप्रतिनिधि र कर्मचारीको तलब कट्टा गर्ने भएको छ। गाउँपालिकाले शिक्षा ऐन पारित गर्दै नेपाल सरकारबाट सेवासुविधा पाएका सार्वजनिक पदाधिकारी, कर्मचारी र शिक्षकहरुले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब–भत्ताबाट तीन प्रतिशत रकम कटौती गर्ने भएको हो। कटौती गरिएको रकम गाउँपालिकाको सञ्चित कोषमा जम्मा गरिने बताइएको छ। अध्यक्ष जीतबहादुर

गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात बन्द हुने

उदयपुरको सदरमुकाम गाईघाटदेखि छिमेकी पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट– दिक्तेल सडकखण्डअन्तर्गत सुनकोशी नदीमा जडित बेलिब्रिज खोलिने भएपछि गाईघाट –दिक्तेल सडकमा छ महिनाका लागि यातायात सेवा बन्द हुने भएको छ । छ महिनाअघि उदयपुरको फोक्सिङटार र खोटाङको लिच्कीराम्चेबीच सुनकोशीमा जडान गरिएको बेलिब्रिज सुनकोशी नदीमा वर्षायामसँगै पानीको बहाव बढ्न थालेपछि खोल्न लागिएको गाईघाट– दिक्तेल सडक

भक्तपुरमा ट्रिपरको ठक्करले स्कुटरमा सवार ३ जनाको मृत्यु

 जेठ, भक्तपुर । काभ्रेपलाञ्चोकको साँगाबाट काठमाडौँतर्फ जाँदै गरेको टिपरको ठक्करबाट बुधबार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको छ । बा ३ ख ६६७४ नम्बरको ट्रिपरले बा ५६ प १२२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको महानगरीय प्रहरी वृत्त ठिमीका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । मृत्यु हुनेमा दोलखा मेलुङ–६