व्यवसायी चौहानद्वारा सुरक्षाकर्मीलाई खाजा र जुस वितरण

चैत १६, चरिकोट । दोलखा सदरमुकाम चरिकोटको सातदोबाटो चोकमा नागरिकको सुरक्षार्थ खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई तीनदिनसम्म पुग्ने गरी व्यवसायी कमल चौहानले खाजा र जुसको वितरण गरेका छन् । ज आइतबार बिहान आरके सप्लायर्स चरिकोटका प्रोप्राइटर चौहानले सातदोबाटो चोकमा खटिएका ३० जना सुरक्षाकर्मीलाई ९० थान जुस, ९० थान चाउचाउ वितरण गरेका हुन्

शिकारमा हिँडेका युवाको गोली लागेर मृत्यु, ३ बन्दुक सहित ४ पक्राउ

रवीन्द्र गौतम । दोलखा चैत १५, चरिकोट । शिकारमा हिँडेका कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीका एक युवाको गोली लागेर मृत्यु भएको छ । सुक्राम सामुदायिक वन क्षेत्रमा बिहिबार शिकार खेल्न गएका कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीका २७ वर्षिय शिव थामीको तिग्रा माथि गोली लागेर मृत्यु भएको स्थानीयले बताएका छन् । रुखबाट लडेर मृत्यु भएको भन्ने सूचना प्राप्त भए पनि

कोरोना संक्रमण रोक्न भीमेश्वर नगरपालिकाले छर्कियो औषधि

रवीन्द्र गौतम । दोलखा चैत १४, चरिकोट । कोरोना भाइरस रोकथाम गर्न भीमेश्वर नगरपालिकाले शुक्रबारदेखि सदरमुकाम चरिकोट आसपासका क्षेत्रमा कीटनाशक (डिसइन्फेक्सन स्प्रे) औषधि छर्कन थालेको छ । भाइरस र व्याक्टेरिया मार्ने भीरकोन नामक १७ किलोग्राम औषधि तीनहजार लिटर पानीमा मिसाएर दमकलमार्फत भीमेश्वर नगरपालिकाको मुख्य बजारक्षेत्रमा छर्कन थालेको हो । विश्वव्यापी महामारीका रूपमा फैलिंदै गईरहेको कोरोना

कोरोना संक्रमितसँगै आएका दोलखाका दम्पति प्रशासनको सम्पर्कमा

रवीन्द्र गौतम । दोलखा चैत १२, चरिकोट । नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी किशोरीसँगै कतार एयरवेजको विमानमार्फत नेपाल फर्केका दोलखाका २ जना काठमाण्डौ र दोलखा प्रशासनको सम्पर्कमा आएका छन् । सम्पर्कमा आएका खगेन्द्रकुमार कार्की र मञ्जुदेवी कार्की तामाकोशी गाउँपालिका(३ झुलेको रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । आज बुधबार दोलखा प्रशासनको

‘लकडाउन’मा दोलखाः १५ मोटरबाइक, ३ गाडी नियन्त्रणमा, चरिकोट अस्पतालमा ३ सुत्केरी

रवीन्द्र गौतम । दोलखा चैत ११, चरिकोट । सरकारले एकसाताको लागि आह्वान गरेको ‘लकडाउन’को अवज्ञा गर्ने १५ मोटरसाइकल, ३ गाडीलाई दोलखा प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान ५ बजेदेखि ‘लकडाउन’ गरेपछि चरिकोटमा अत्यावश्यक सवारी साधनबाहेक चलेका निजी मोटरबाइक १५ र ३ गाडीलाई नियन्त्रणमा लिईएको दोलखा प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । गैर

दोलखामा अत्यावश्यक सेवा बाहेक घुमफिरमा प्रतिवन्ध (प्रशासनको निर्णय जस्ताको जस्तै)

चैत १०, चरिकोट । दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले १२ बुँदे निर्णय गरेको छ । सो समितिले गरेको निर्णय हुबहु…

भारत र बंगलादेशबाट दोलखा भित्रिएकाबाट संक्रमणको जोखिम

रवीन्द्र गौतम । दोलखा चैत १०, चरिकोट । सरकारले सोमबारदेखि लामोदुरीमा चल्ने सवारीसाधन बन्द गर्ने निर्णय गरेपनि दोलखामा भारत, बंगलादेशबाट आएका यात्रु निर्वाध दोलखा प्रवेशले संक्रमणको जोखिम बढाएको छ । कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिमबाट पूर्व सतर्कताको लागि सरकारले सार्वजनिक यातायात सञ्चालनमा रोक लगाए पनि सोमबार भारत र बंगलादेशबाट आएका यात्रु बिना चेकजाँच निर्वाध ढंगले

दोलखामा नागरिकता र राहदानी वितरण स्थगित, यातायात बन्द, सहकारी खुला

रवीन्द्र गौतम । दोलखा चैत ९, चरिकोट । प्राणघातक कोरोना भाईरसको सम्भावित संक्रमणको जोखिम टार्नको लागि जिल्ला प्रशासन कार्यालय दोलखाले अत्यावश्यक बाहेक नागरिकता र राहदानी वितरण सेवा स्थगित गरेको छ । आइतबारबाट कम्तिमा चैत २१ गतेसम्म जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय सिंगटीबाट वितरण हुने नागरिकता तथा राहदानी सेवा स्थगित गरिएको हो । सरकारले

एसईई ‘हेल्थ डेस्क’को लागि दोलखामा ३८ स्वास्थ्यकर्मी खटिए

रवीन्द्र गौतम । दोलखा चैत ५, चरिकोट । २०७६ चैत ६ गतेबाट सञ्चालन हुन गईरहेको माध्यमिक तह परीक्षा (एसईई)मा कोरोना सतर्कताको लागि दोलखामा हेल्थ डेस्क सहित ३८ जना स्वास्थ्यकर्मी खटिने भएका छन् । यस वर्षको एसईई परीक्षामा निजी र सामुदायिक गरी ९६ विद्यालयका ३१५२ जना परीक्षार्थी सहभागि हुनेछन् । १९ ओटा परीक्षा केन्द्र रहेको दोलखामा

जेसीवीले खोल्यो चरिकोटमा आधिकारिक शाखा

रवीन्द्र गौतम । दोलखा फागुन ३०, दोलखा । डोजर, एस्काभेटर, व्याकहो लगायत हेभी मेशिनहरुको अन्तराष्ट्रिय ब्रान्ड जेसीवीले दोलखाको सदरमुकाम चरिकोटमा शुक्रबारबाट आधिकारिक शाखा विस्तार गरेको छ । जेसीवीले आधिकारिक रुपमा जीबी निर्माण सेवा एण्ड सप्लायर्समार्फत दोलखाको सदरमुकाम चरिकोटको भीमेश्वर नगरपालिका–६, ओखरबोटमा अथोराइज्ड रिटेल आउटलेट खोली शाखा विस्तार गरेको हो । विशेष गरी जेसीबीले दिएको वारेन्टी