दोलखाका वरिष्ठ कलाकारहरु सम्मानित

दोलखा, जेठ ४ संगीत र कलाको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दोलखाका ४ जना वरिष्ठ कलाकारहरु सम्मानित भएका छन् । दोलखामा जन्मिएर कलाको क्षेत्रमा योगदान दिने वरिष्ठ कलाकारहरु लोकगायक कुमार बस्नेत, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, लोकगायक हरिबहादुर राउत र वरिष्ठ कलाकार पुष्कर गुरुङलाई प्रेम–पूर्ण–प्रताप फाउण्डेशन, दोलखाले आज सम्मान गरेको हो । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद्

दोलखाका दुई सञ्चारकर्मी सम्मानित

दोलखा, जेठ ४ पत्रकारिताको माध्यमबाट मानव अधिकारको क्षेत्रमा महत्वपूण योगदान पु¥याएको भन्दै दोलखाका दुई पत्रकारलाई नेपाल मानव अधिकार संगठन, दोलखाले सम्मान गरेको छ । संगठनले दोलखाका अग्रज पत्रकार नेपाल समाचारपत्रकर्मी चिरञ्जीवी मास्के र अन्नपूर्ण पोष्टकर्मी रवीन्द्र गौतमलाई सम्मान गरेको हो । जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका हुन् । मान्छेको

चरिकोटमा विविध कार्यक्रम गरी मनाइयो बुद्ध जयन्ती

दोलखा, जेठ ४ विश्व शान्तिका अग्रदूत गौतम बुद्धको २५६३ औँ जन्म जयन्ती दोलखा सदरमुकाम चरिकोटमा विविध कार्यक्रम गरी मनाइएको छ । चरिघ्याङ गुम्बा व्यवस्थापन समितिको आयोजना आज बिहान बाजागाजा सहित बजार परिक्रमा गरिएको छ । बुद्धको झण्डा र त्रिपिटक टाउकोमा बोकेर चरिकोट बजार परिक्रममा गरिएको हो । ¥यालीमा भीमेश्वर नगरपालिका ३ चरिघ्याङ र वडा नम्बर

महासंघकोे भवनलाई दोलखाको पुरानो सहकारीको सहयोग

दोलखा, जेठ ३ दोलखाको सबैभन्दा पुरानो कालिञ्चोक सहकारीले नेपाल पत्रकार महासंघको आधुनिक भवन निर्माणका लागि आर्थिक सहयोग प्रदान गरेको छ । आज सो सहकारीले आफ्नो ४२ औं स्थापना दिवसको अवसरमा महासंघको भवन निर्माणको लागि दश हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीका अध्यक्ष राजेश उप्रेतीले आज पत्रकार महासंघका अध्यक्ष जीवन लामालाई १० हजार रुपैयाँको चेक

दोलखा खुला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

दोलखा, जेठ ३ क्रिकेट संघ, दोलखाले जिल्ला पहिलोपटक आयोजना गरेको खुला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही जेठ १३ गतेदेखि सुरु हुने प्रतियोगितामा दोलखा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् । उद्घाटन खेल न्यू जेनेरेसन विकास युथ क्लब र त्रिपुरा ग्लोरियस एकेडेमीबिच हुने तय भएको छ । लिग चरणमा ६ टिमलाई

सञ्चार सामग्री प्रदर्शन गर्दै विधेयकको विरोध

दोलखा, जेठ ३ पहिलो चरणको आन्दोलनको अन्तिम दिन आज नेपाल पत्रकार महासंघ जिल्ला शाखा दोलखाले संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयक विरुद्ध विरोध प्रदर्शन गरेका छ । विधेयक मार्फत सञ्चार मन्त्रीले काउन्सिललाई आफ्नो भर्ती केन्द्र बनाई सञ्चार माध्यमलाई आफ्नो मुखपत्र बनाउन खोजेको भन्दै महासंघले विहान ११ बजे सदरमुकाम चरिकोटस्थित जिल्ला प्रशासन कार्यलयमा विरोध तथा प्रदर्शन

दोलखा भीमेश्वरमा पुर्खाले चढाएको घण्टा प्रतिस्थापित

दोलखा, जेठ ३ प्रसिद्ध दोलखा भीमेश्वर मन्दिरमा १ सय ३३ वर्षअघि आफ्ना पुर्खाले चढाएको जीर्ण घण्टा प्रतिस्थापन गरिएको छ । दोलखा मागामा जन्मिएका कमाण्डिङ कर्णेल फौदसिंह खत्रीले १९४३ सालमा भीमेश्वर मन्दिरमा चढाएको धार्मिक कीर्ति घण्टा जीर्ण भएपछि उनका सन्ततीहरुले नयाँ घण्टा प्रतिस्थापना गरेका हुन् । आज भीमेश्वर नगरपालिकाका मेयर भरत बहादुर केसी र कमाण्डिङ कर्नेल

मलामी जाँदा तामाकोशीले बगाएर मृत्यु

दोलखा, बैशाख २५ आफ्नो गाउँको मान्छेको मृत्यु भएपछि मलामी गएका दोलखा तामाकोशी गाउँपालिका ४ का शेरबहादुर खड्काको खोलाले बगाएर मृत्यु भएको छ । हिजो तामाकोशी ४ मालुका ७५ वर्षीय पृथ्वीबहादुर भण्डारीको कालगतीले मुत्यु भएपछि उनको मलामी गएका सोही गाउँका ५५ वर्षीय शेरबहादुर खड्काको तामाकोशीले बगाएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जानकारी दिएको छ ।

असहाय बालबालिकालाई व्यवसायीको सहयोग

दोलखा, बैशाख २१ दोलखा चरिकोटका व्यवसायी तथा समाजसेवी सनत थापाले गौरीशंकर बालगृहका असहाय बालबालिकाहरुलाई शैक्षिक सामग्री र खाद्यवस्तु सहयोग गरेका छन् । चरिकोट सातदोबाटोमा हार्डवेयर व्यवसाय सञ्चालन गर्दैआएका थापाले गौरीशंकर बालगृहका असहाग बालबालिकाहरुलाई आवश्यक स्कुले झोला, मिठाई तथा फलफूल प्रदान गरेका हुन् । उनले आज करिब २५ हजार रुपैयाँ बराबरको सामग्री बालबालिकाहरुलाई वितरण गरेका छन्

श्रीमतीको हत्यामा सजाय तोकिएको भोलिपल्टै आत्महत्या

दोलखा, बैशाख १७ श्रीमतीको हत्या अभियोगमा कैद सजय तोकेको भोलिपल्टै एक कैदीले कारागारभित्रै आत्महत्या गरेका छन् । दोलखा जिरी नगरपालिका वडा नम्बर ९ ठूलोपातालका ३८ बर्षीय तस्विर तामाङले आज मध्यदिनमा कारागारको शौचालयभित्रै झुण्डिएर आत्महत्या गरेका हुन् । गत २०७५ मंसिर १० गते घरायसी विवादमा दाउराको चिर्पटले हिर्काएर ३३ बर्षीया श्रीमती राममाया तामाङको हत्या गरेका तस्विर

Only our creating support will be the previous essay helper and best option for carrying out your essays together with various and othervarious and various other personalized records. Think our in length-time working experience writing essays.