दोलखा खुला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक

दोलखा, जेठ ३ क्रिकेट संघ, दोलखाले जिल्ला पहिलोपटक आयोजना गरेको खुला क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । यही जेठ १३ गतेदेखि सुरु हुने प्रतियोगितामा दोलखा जिल्लाका ९ वटा टिमले सहभागिता जनाएका छन् । उद्घाटन खेल न्यू जेनेरेसन विकास युथ क्लब र त्रिपुरा ग्लोरियस एकेडेमीबिच हुने तय भएको छ । लिग चरणमा ६ टिमलाई

दोलखामा पहिलपटक क्रिकेट लिग हुँदै

दोलखा, बैशाख २२ दोलखा सदरमुकाम चरिकोटमा पहिलोपटक क्रिकेट लिग प्रतियोगिता हुने भएको छ । दोलखा क्रिकेट संघको आयोजनामा आगामी जेठ १३ गतेदेखि टुँडिखेलमा लिग क्रिकेट प्रतियोगिता हुन लागेको हो । दोलखा क्रिकेट संघका अध्यक्ष सन्तोष पोखरेलका अनुसार जिल्लामा दर्ता भएका क्लब तथा विद्यालयहरुले प्रतियोगितामा भाग लिन पाउनेछन् । ती क्लब तथा विद्यालयहरुले बाहिरबाट खेलाडी ल्याएर

मूलपानी क्रिकेट मैदान २ वर्षमा तयार हुन्छ : खेलकुदमन्त्री विश्वकर्मा

३ चैत, काठमाडौं  – युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले काठमाडौंको मूलपानीमा निर्माण कार्य अघि बढाइएको ‘अन्तर्राष्ट्रिय क्रिकेट मैदान’ को निर्माण २ वर्षभित्र सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन । आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिता आयोजनाका लागि आवश्यक खेल पूर्वाधार निर्माण कार्य तीव्र गतिका साथ अघि बढाइएको पनि बताए ।

उपमेयर कप महिला भलिबलको उपाधि कालिञ्चोकलाई

दोलखा, फागुन २९ भीमेश्वर नगरपालिको आयोजनामा भएको पालिकास्तरीय प्रथम भीमेश्वर उपमेयर कप महिला भलिबल प्रतियोगिताको उपाधि कालिञ्चोक गाउँपालिकाले हात पारेको छ । आज भएको फाइनल खेलमा जिरी नगरपालिकालाई ३–१ को सेटमा हराउँदै जित हासिल गरेको हो । कालिञ्चोकले जिरीलाई २७–२५, १६–२५, २५–२२, २५–२१ को सेटमा हराएको हो । त्यसैगरी तेस्रो स्थानको लागि आजै भएको खेलमा

उपमेयरकप महिला भलिबल : क्वार्टरफाइनल खेल सम्पन्न

दोलखा, फागुन २८ भीमेश्वर नगरपालिकाले आयोजना गरेको प्रथम महिला कप भलिबल प्रतियोगिता आजदेखि दोलखा सदरमुकाम चरिकोटमा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन प्रदेशसभा सांसद् सरस्वती बस्नेतले गरेकी छन् । पालिकास्तरीय प्रथम भीमेश्वर उपमेयर कप महिला भलिबल प्रतियोगिताको क्वार्टरफाइनल खेल आजै सम्पन्न भएको छ । आज भएको उद्घाटन खेलमा भीमेश्वर नगरपालिका ए ले गौरीशंकर गाउँपालिकालाई सोझो

मेयरकप क्रिकेटको उपाधि कालिन्चोकलाई

दोलखा, फागुन २१ भीमेश्वर नगरपालिकाले आयोजना प्रथम मेयरकप क्रिकेट प्रतियोगिताको उपाधि कालिन्चोक माविले जितेको छ । आज भएको फाइनल खेलमा अल्पाइन पब्लिक स्कुललाई ९५ रनले पछाडि पार्दै कालिन्चोक माविले उपाधिमाथि कव्जा जमाएको हो । टस जितेर व्याटिङमा उत्रिएको कालिन्चोक माविले १४ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै १२९ रन जोड्न सफल भएको थियो । कालिन्चोकका

मेयरकप क्रिकेटको फाइनलमा कालिन्चोक र अल्पाइन भिड्ने

दोलखा, फागुन १९ भीमेश्वर नगरपालिकाद्वारा आयोजित भीमेश्वर मेयरकप क्रिकेट प्रतियोगिताको फाइनलमा कालिन्चोक मावि र अल्पाइन पब्लिक स्कुल भिड्ने भएका छन् । आज भएको पहिलो सेमीफाइनल खेलमा कालिन्चोक मावि दोस्रो सेमीफाइनल खेलमा अल्पाइन पब्लिक स्कुल विजयी भएपछि उनीहरुबिच फाइनल प्रतिस्पर्धा हुने धएको हो । आज भएको पहिलो सेमीफाइनल खेलमा राइजिङ स्टार स्कुललाई ६ रनले पराजित गर्दै

भीमेश्वर नगर मेयरकप क्रिकेटको उद्घाटन खेलमा कालिन्चोक ‘ए’ विजयी

दोलखा, फागुन १७ दोलखा सदरमुकाम चरिकोटस्थित टुँडिखेलमा भीमेश्वर मेयरकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कालिन्चोक मावि ‘ए’ले कालिन्चोक मावि ‘बी’ लाई पराजित गरेको छ । दोलखामा पहिलो पटक भएको माध्यमिक विद्यालयस्तरीय मेयरकप क्रिकेटको उद्घाटन खेलमा टस जितेर व्याटिङ रोजेको कालिन्चोक मावि ‘ए’ ले कालिन्चोक ‘बी’लाई १९८ रनको लक्ष्य दिएको थियो ।

प्रदेशस्तरीय महिला भलिबलः उद्घाटन खेलमा दोलखा विजयी

दोलखा, फागुन ८ दोलखा सदरमुकाम चरिकोटमा ३ नम्बर प्रदेशस्तरीय महिला भलिबल छनोट प्रतियोगिता सुरु भएको छ । आज भएको उद्घाटन खेलमा दोलखाले काभ्रपलाञ्चोकलाई पराजित गरेको छ । आज भएको पहिलो खेलमा दोलखाले काभ्रेलाई सोझो सेटमा पराजित गरेको हो । दोलखाले २५–२० र २५–१३ को सोझो सेटमा काभ्रेलाई पराजित गरेको हो । यो खेलको उत्कृष्ट खेलाडी

‘पाखर कप’का विजेतालाई अभिनन्दन

दोलखा, माघ २३ सिन्धुपाल्चोक जिल्लाको पाखरमा सम्पन्न दोस्रो पाखर कप फुटबल प्रतियोगिताको विजेता खेलाडीहरुलाई जिल्लामा अभिनन्दन गरिएको छ । विजयी खेलाडी बधाइ तथा सम्मान कार्यक्रमका प्रमुख अतिथि कालिन्चोक माविका प्रधानाध्यापक नवराज न्यौपानेले खेलाडीहरुलाई खादा लगाएर सम्मान गरेका हुन् । खेलाडीहरुलाई सम्मान गर्दै प्रमुख अतिथि न्यौपानेले खेलाडीहरुको सम्मानले पनि खेल क्षेत्रको विकासमा सघाउ पुग्ने बताए ।