ग्लोबल कन्सल्टद्वारा अष्ट्रेलियामा भलिबल प्रतियोगिता

‘नेपालीहरुबिच ऐक्यवद्धता, खेलकुदको आवश्यकता’ भन्ने मूल सन्देश सहित अष्ट्रेलियाको सिड्नीमा नेपाली खेलाडीहरुका बिच भलिबल प्रतियोगिता हुने भएको छ । पोखरा भलिबल क्लबको आयोजनामा हुने उक्त प्रतियोगिता यही अगष्ट २८ र नोभेम्बर ४ मा हुनेछ । अष्ट्रेलियन नेशनल स्पोर्ट क्लव पन्चवल रोड लेकम्बामा हुन गैरहेको यो प्रतियोगितामा नेपाली समुदायका आठ टीम सहभागी हुने प्रतियोगिताका संयोजक अर्जुन

महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार तीन करोड डलर

  विश्व फुटबल महासंघ (फिफा)ले महिला विश्वकप फुटबल प्रतियोगिताको पुरस्कार राशी बृद्धि गर्ने घोषणा गरेको छ । महासंघका अध्यक्ष गिन्नी इन्फान्टिनोले आउदो बर्ष फ्रान्समा हुन लागेको विश्वकपको पुरस्कार राशी बढाएर दोब्बर बनाउने शुक्रबार घोषणा गर्नुभएको हो । रुवान्डाको राजधानी किगालीमा भएको फिफा परिषद्को बैठकपछि उहाँले यो जानकारी दिनु भएको समाचारमा जनाइएको छ । उहाँका अनुसार

फुटबल टोलीलाई जनही पचास हजार

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले भूटानमा भएको साफ यू–१८ फुटबल च्याम्पियनसिपमा उपविजेता बन्न सफल भएको नेपाली महिला टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने घोषणा गरेको छ । एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले यू–१८ महिला राष्ट्रिय फुटबल टोलीका प्रत्येक सदस्यलाई जनही रु ५० हजार दिने निर्णय गरेको हो ।

राष्ट्रिय फुटबल टोली बङ्गलादेशतर्फ

बङ्गलादेशमा हुने बङ्गबन्धु गोल्डकप फुटबल प्रतियोगिताममा सहभागी हुने राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्समा आयोजित कार्यक्रममा एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पासहित एन्फाका पदाधिकारीले खेलाडीलाई सफलताको शुभकामना दिँदै बिदाइ गर्नुभयो । नेपाली टोली आजै बङ्गलादेश प्रस्थान गर्नेछ । उक्त प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाललको

शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेतालाई ५० लाख

चार वर्षपछि हुन लागेकोे शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताको विजेता टोलीले रु ५० लाख पाउने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा विजेता टोलीलाई रु ५० लाख दिने निर्णय भएको एन्फाका महासचिव इन्द्र्रमान तुलाधरले जानकारी दिनुभयो । प्रतियोगितामा उपविजेता हुने टोलीले रु ३५ लाख पाउनेछन् भने तेस्रो

साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सलाई

बाह्रौँ साफ च्याम्पियनसिपको उपाधि माल्दिभ्सले जितेको छ । बङ्गलादेशको ढाकास्थित बङ्गबन्धु रङ्गशालामा आज भएको फाइलनमा भारतलाई २–१ गोल अन्तरले पराजित गर्दै माल्दिभ्सले उपाधि जितेको हो । सेमिफाइनलमा पाकिस्तानलाई ३–१ गोलले पराजित गर्दै भारत फाइनल पुगेको थियो । यस्तै माल्दिभ्सले सेमिफाइनलमा नेपाललाई ३–० ले हराएको थियो । दुवै टोली समूह चरणमा समूह ‘बी’ मा रहेका थिए

सन्दीपले अफगानिस्तान प्रिमियर लिग खेल्ने

नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकबाल, मुजिब रहमान, बेन कटिङ, नाजिबुल्लाह तरकाइ, मिसेल मक्लीनघन, मोहमद हफिज, मुस्फिकुर रहिम, रहमत साह, नवीन

वैदेशिक रोजगारीका सबै सूचना अनलाईनमा

सरकारले वैदेशिक रोजगारीमा गएका व्यक्तिका विवरण तथा तथ्याङ्क राख्न ‘एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली’ सञ्चालनमा ल्याएको छ । सूचना र सेवालाई प्रविधिमैत्री ढङ्गले सहज, सुलभ र गुणस्तरीय तरिकाले सरोकारवाला निकाय तथा व्यक्तिहरुसमक्ष पु¥याई वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउन एकीकृत सूचना प्रणाली लागू गरिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

एक दिवसीय क्रिकेटका लागि खेलाडी छनोट

भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एक दिवसीय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्तानीको भूमिका निर्वाह गर्नेछन् । त्यस्तै अन्य खेलाडीमा त्रिराज दास, रवि साह, विपिन रावल, लोकेश बम,

नेपाल युएइसँग ७८ रनले पराजित भएको छ ।

एशिया कप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो दोस्रो खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ)सँग ७८ रनले पराजित भएको छ । मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएइले नेपाललाई २५५ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपाल ४८ दशमलव ५ ओभरमा सवै विकेट गुमाउँदै १७६ रनमा समेटियो । यो नेपालको