यु–१९ एसिया कप क्रिकेटः नेपालले मलेसियालाई हरायो

काठमाडौं, पुस, ३/ एसीसी यु–१९ एसिया कप क्रिकेटमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको छ। श्रीलंकाको कोलम्बोमा आइतबार भएको खेलमा नेपालले मलेसियालाई एक विकेटले पराजित गरेको हो। मलेसियाले दिएको १५४ रनको लक्ष्य नेपालले ४४ दशमलब ४ ओभरमा ९ विकेट गुमाएर भेट्टायो। नेपालका लागि पवन शराफले २९ र सन्दिप लामिछाने ३ रनमा अविजित रहे। यस्तै नेपालका लागि

भीमबहादुर स्मृति भलिवलको उपाधी जिरीलाई (फोटो फिचर सहित)

भीमबहादुर तमाङ स्मृति भलिवल प्रतियोगिताको उपाधी जिरी युवा सञ्जालले हाँसिल गरेको छ । जिरीले श्यामा गाविसलाई हराउँदै उपाधी हात पारेको हो । आइतबार दिउँसो चरिकोट टुँडिखेलमा भएको फाइनल खेलमा पहिला लगातार २ सेट जिरीले जिते पनि पछिल्लो २ सेट लगातार श्यामाले जितेको थियो । अन्तिम सेटमा जिरीले श्यामालाई १५–१३ मा हराउँदै उपाधी हात पारेको हो

भीमबहादुर स्मृति खुला पुरुष भलिबलको सेमीफाइनल र फाइनल भोलि

दोलखा, मंसिर १८ । भीमबहादुर तामाङ स्मृति खुला पुरुष भलिबल प्रतियोगिताको सेमीफाइनल खेल भोलि आइतवार हुने भएको छ । भोलि पहिलो सेमीफाइनल खेल जिरी नगरपालिका र सुनखानी गाविसबीच हुने र दोस्रो सेमीफाइनल खेल श्यामा र गैरीमुदीबीच हुने निर्णायक सीताराम घिमिरेले जानकारी दिए । प्रतियोगिताको फाइनल खेल भोलि नै हुनेछ । गाविसस्तरीय प्रतियोगितामा पहिलो हुने टिमले

ह्याण्डबल खेललाई मलजल गर्न आग्रह

दोलखा, २ मंसिर/दोलखा जिल्ला ह्याण्डबल संघ तथा नेपाल ह्याण्डबल महासंघको आयोजनामा दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित १० दिने ह्याण्डबल तालिम सम्पन्न भएको छ । करिब २५ वर्षपछि दोलखामा ह्याण्डबल खेल ब्युँझिएको हो । ‘ह्याण्डबल एट स्कुल’ कार्यक्रम अन्तर्गत दोलखाका विभिन्न विद्यालयका शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको आयोजकले बताएका छन् । तालिममा २५ विद्यालयका ४७ शिक्षक, १

नेपालले उचाल्यो एएफसी सोलिडारिटी कप फुटबलको उपाधि

काठमाडौं: मकाउलाई हराउँदै नेपालले एएफसी सोलिडारिटी कप फुटबलको उपाधि उचालेको छ।  मलेसियाको कुचिङस्थित नेगेरी स्टेडियममा मंगलबार साँझ भएको खेलमा फिफा बरियतामा १० स्थान तल रहको मकाउलाई १-० गोल अन्तरले हराउँदै नेपालले उपाधि उचालेको हो। योसँगै नेपालले अन्तर्राष्ट्रिय उपाधिमा ह्याट्रिक गरेको छ। नेपालका लागि खेलको ३० औं मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै निर्णायक बन्यो। भरत

सुस्ताउँदै गएको ह्याण्डबल खेलप्रति दोलखाली खेलाडी आकर्षित

दोलखा, कात्तिक २५/केही वर्षदेखि सुस्ताएको ह्याण्डबल खेलले अहिले पुनर्जीवन पाउन थालेको छ । यसको उदाहरण बनेको छ, ‘दोलखा सदरमुकाम चरिकोटमा आयोजित प्रशिक्षणमा सहभागीहरुको उत्साह ।’ नेपाल ह्याण्डबल संघ दोलखाको आयोजना तथा नेपाल ह्याण्डबल महासंघको सहयोगमा दोलखा सदरमुकाम चरिकोटमा सञ्चालित प्रशिक्षण कार्यक्रममा आयोजकले अपेक्षा गरेभन्दा निकै बढी सहभागी भएका छन् । आजदेखि सुरु भएको प्रशिक्षणमा जिल्लाका

‘खेलको माध्यमबाट पर्यटन विकास गर्नुपर्छ’ – राखेप सदस्य बस्नेत

दोलखा (जिरी), कात्तिक ९ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य शिवबहादुर बस्नेतले खेलको विकाससँगै खेलको माध्यमबाट पर्यटन विकास गर्नुपर्ने धारण ब्यक्त गरेका छन् । दोलखाको पर्यटकीय नगरी जिरीमा सञ्चालित जिरी च्याम्पियनसिप २०७३ को उद्घाटन समारोहमा  बोल्दै दोलखाको जिरी पर्यटकीय क्षेत्र भएको र जिल्लाको पर्यटन विकासमा अब खेलकुदको माध्यमबाट पर्यटकहरु भित्र्याउनुपर्ने बताएका हुन् । युवा सञ्जाल जिरीले

चीनलाइ हराउँदै नेपाल एशिया कप क्रिकेटका लागि छनोट

चीनलाइ हराउँदै नेपाल एशिया कप क्रिकेटका लागि छनोट भएको छ। आइसीसी महिला विश्वकप क्रिकेटको एशियाली छनौटको उपबिजेता बनेको नेपाली टोलीले शनिवार चीनलाइ ४ विकेटले हराउँदै एशिया कप क्रिकेटको यात्रा तय गरेको हो । आफ्नो अन्तिम खेलमा चीनले दिएको ८६ रनको लक्ष्य नेपालले ६ विकेट गुमाएर पूरा गरेको हो । टस जितेर ब्याटिङ रोजेको चीनले २०

फिफा बरियातामा नेपाल २ स्थान उक्लियो, अर्जेन्टिना शीर्ष स्थानमै

काठमाडौं, ३० भदौ । फिफा बरियातामा नेपालले दुई स्थान सुधार गर्दै १८६औं स्थानमा उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने बरियाताक्रममा नेपालले दुई स्थान सुधार गर्दै १८६औं स्थानमा उक्लिएको हो । दक्षिण एशियामा नेपाल चौथो स्थानमा यथावत छ । दक्षिण एशियाली मुलुकहरुमा भारत १४८औं बरियातासहित शीर्षा छ । चार स्थान सुधार

नेदरल्याण्डमाथि नेपालको सानदार जित

काठमाडौं, साउन ३१/आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत चौथो चरणको दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई १९ रनले हराएको छ। नेदरल्यान्डको आमस्ट्रडममा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २१७ रनको योगफल तयार गरेको थियो। २१८ रन विजयी लक्ष्य पछ्याएको घरेलु टोली नेदरल्याण्डले निर्धारित ५० ओभरको खेलमा १९८ रन मात्र बनाउन सक्यो।