Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

जुँगूमा पुगेर देवी र पार्वतले भने: अब रगत बग्दैन

२१ कार्तिक २०७४, मंगलवार १५:१८

दोलखा, २१ कार्तिक
एमाले केन्द्रीय सदस्य तथा दोलखाका प्रतिनिधि सभा सदस्य पार्वत गुरुङले र नेकपा माओवादी केन्द्रकी पोलिट्व्यूरो सदस्य देवी खड्काले एउटै मञ्चबाट जुँगुमा अव कोही नागरिकले पनि रगत बगाउन नपर्ने अवस्था बनेको उदघोष गरे ।
दुखबाट सुखको यात्रातर्फ अघि बढेको कारण अव कुलबहादुरको बलिदान र दिलबहादुर बुढाथोकीको रगत त्यसै खेर नजाने गुरुङले ठोकुवा गरे । विगतका घटनालाई विर्सेर चुनावमा लाग्न एमाले माओवादीका कार्यकर्ताहरुलाई आग्रह गरे ।
वाम गठबन्धनको चुनावी सभाका लागि गुरुङ र खड्का मंगलबार जुँगू पुगेका हुन् । स्थानीय तह निर्वाचनमा जुँगूमै एमाले र माओवादीका कार्यकर्ताहरु बीच झडपमा एमाले कार्यकर्ता कुलबहादुर तमाङको ज्यान गएको थियो भने दिलबहादुर बुढाथोकी गम्भिर घाइते भएका थिए । घटना लगत्तै तत्कालिन सांसद गुरुङकै पहलमा मृतकका परिवार मार्फत देवी खड्का, गंगा कार्की, विशाल खड्का सहित ३९ जना विरुद्ध ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दिएका थिए । घटनापछि दुवै पार्टी र नेताहरु बीच झन तिक्तता बढ्दै गएको थियो ।
नेकपा माओवादी केन्द्रकी नेतृ तथा पूर्वमन्त्री देवी खडकाले बिगतमा भएका सवै दुखद र पीडादायी घटनाप्रति आत्मआलोचना गर्दै बाम गठबन्धनको जीतपछि बन्ने सरकारले शहीद परिवारको जिम्मा लिने घोषणा गरिन्।

इतिहासका ती सवै कालो दिन र पीडादायी घटनाप्रति म तपाइहरुको छोरी माफी माग्न चाहन्छु, कुलबहादुर भाईकी पत्नी साङमाया, छोराछोरी, बुवासहित जनयुद्दका सवै शहीद र घाईतेको उचित ब्यवस्थापन गर्ने जिम्मा लिन तयार छु, हिजोसम्म जे पीडादायी घटना भयो, अव हुन्न, ती पीडालाइ हामी सफल र सुखी बनाएर प्रायश्चित गर्न चाहन्छौ, खडकाले भनिन्।

कार्यक्रम अघि पार्वत गुरुङकै पहलमा कुलबहादुर र दिलबहादुरका परिवारसँग छलफल गराएका थिए । छलफलमा विगतका घटनाको समिक्षा गर्दै आगामी दिनमा यक्त घटना हुन नदिने र चुनावपछि बन्ने सरकारले सहित कुलबहादुरको परिवारलाई थप सहयोगको पहल गर्ने प्रतिबद्धता समेत भएको छ ।




Leave a Reply

Your email address will not be published.