Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दाेलखाकाे कहाँ कति मतदान भयाे (तथ्याङ्क सहित)

१२ मंसिर २०७४, मंगलवार १७:४५

दोलखा, १२ मंसिर
मंसिर १० मा सम्पन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा सम्पन्न भएको छ । निर्वाचन अधधिकृतको कार्यालयले कुल खसेको मतको पूर्ण तथ्याङ्क सार्वजनिक गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार
सहरमा भन्दा गाउँमा बढी मतदान भएको छ । दोलखामा ५९ दशमलव १५ प्रतिशत मत खसेको छ ।
जिल्लाको गौरीशंकर गाउँपालिकामा सवैभन्दा बढी ७१ दशमलव ९४ प्रतशत मत खसेको छ । गौरीशंकरमा १४ हजार ३ सय ७५ मतदाता रहेकोमा १० हजार ३ सय ४१ मत खसेको छ भने सबै कम जिल्लाको शैलुङ गाउँपालिकामा ५२ दशमलव ९० प्रतिशत मत खसेको छ । शैलुङमा १७ हजार ८ सय ४५ मतदाताबाट ९ हजार ४ सय ४० मत खसेको दोलखाका मुख्य निर्वाचन अधिकृत प्रकाशकुमार काफ्लेले जानकारी दिए ।
भिमेश्वर नगरपालिकामा ५७ दशमलव ७१ प्रतिशत मत खसेको छ । नगरपालिकमा रहेका २५ हजार २९ मतदातामध्ये १४ हजार ४ सय ४४ मतदाताले मतदान गरेको छ भने जिरी नगरपालिकामा ५७ दशमलव १० प्रतिशत मत खसेको छ । जिरीमा रहेका १२ हजार ३ सय ७३ मतदातामध्ये ७ हजार ६५ जनाले मतदान गरेका छन् । यो तथ्याङ्क गाउँपालिकाहरुको तथ्याङ्कभन्दा कम हो ।

दोलखामा सवैभन्दा कम शैलुङ गाउँपालिकामा ५२ दशमलव ९० प्रतिशत मत खसेको निर्वाचन कार्यालय दोलखाले जनाएको छ । १ लाख ४७ हजार ९ सय २३ मतदातामध्ये ८७ हजार ४ सय ९८ जनाले मात्रै मतदान गरेको निर्वाचन कार्यालय दोलखाले तथ्याङ्क निकालेको छ ।

जिल्लामा स्थानीय तहको भन्दा प्रदेश र प्रतिनिधिमा करिब १२ प्रतिशत कम मत खसेको छ ।
उनका अनुसार जिल्लाको कालिञ्चोक गाउँपालिकामा ६२ दशमलव ३९ प्रतिशत खसेको छ । १७ हजार २ सय ७ मतदाताबाट १० हजार ७ सय ३६ ले मतदान गरेको तथ्याङ्क रहेको छ ।

वैतेश्वर गाउँपालिकामा ६२ दशमलव १४ प्रतिशत मत खसेको छ । गाउँपालीकामा रहेका १६ हजार ४ सय ७२ मतदाताबाट १० हजार २ सय ३५ ले मतदान गरेका छन् । तामाकोशी गाउँपालिकामा ५८ दशमलव ४९ प्रतिशत मतमा १४ हजार ६ सय ९८ मतदातामध्ये ८५९७ जनाले मतदान गरेको हो।
विगु गाउँपालिकामा ५७ दशमलव २८ प्रतिशत मत खसेको छ । १३ हजार १ सय ५१ मतदातामध्येबाट ७ हजार ५ सय ३३ मत खसेको छ । मेलुङमा ५४ दशमलव ३० प्रतिशत मत खसेको छ । मेलुङमा १६ हजार ७ सय ७३ मतदाता रहेकोमा ९ हजार १ सय ७ जनाले मत खसालेको हो निर्वाचन कार्यालय दोलखाले प्रराम्भिक अनुमानित तथ्याङ्क निकालेको छ ।

जिल्लामा स्थानीय तहको भन्दा प्रदेश र प्रतिनिधिमा करिब १२ प्रतिशत कम मत खसेको छ । जिल्लामा स्थानीय तहको निर्वाचनमा १ लाख ३३ हजार ४ सय ८२ मतदाता मध्ये ९४ हजार ४ सय ८८ जनाले मतदान गरेका थिए । तर प्रदेश र प्रतिनीधी सभामा १ लाख ४७ हजार ९ सय २३ मतदाता मध्ये ८७ हजार ४ सय ९८ जनाले मात्रै मतदान गरेका छन् ।

स्थानीय तहको निर्वाचनको तुलनामा प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा १४ हजार ४ सय ४१ मतदाता बढेको भएपनि ६ हजार ९ सय ९० जना कम मतदाताले मतदान गरेको निर्वाचन कार्यालयको भनाई छ ।

दुई चरणमा तोकिएको प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनअन्तर्गत आइतबार हिमाली तथा उच्च पहाडी भेगका ३२ जिल्लाको निर्वाचन सम्पन्न भएको छ ।
मतदान केन्द्रगत रुपमा सबैभन्दा बढी गौरीशंकर गाउँपालिकाको वडा नं. २ सेतीदेवी प्रावि छापडाँडामा भएको छ । जहाँ १५९२ कुल मत मध्ये १४१९ मतदान भएको छ । गाैरीशंकर-७, मार्बुकाे हिमवर्ती मावि (ख) मा सबैभन्दा बढि ९८.८८ प्रतिशत मतदान भएकाे छ । नेपाली काँग्रेसका प्रतिनिधि सभा उम्मेद्वार रुद्रबहादुर खड्का र प्रदेश सभा दोलखा क्षेत्र नं. १ का उम्मेद्वार वर्मा लामाले गौरीशंकर गाउँपालिकाको वडा नं. १, २ र ५ को मतदानमा बामघटकहरुले धाँदली गरेकाले पुनः मतदानको माग समेत गरेका छन् ।
त्यसैगरी नेपाली काँग्रेस दोलखाका सचिव सन्तोष रिमालले मंगलबार एक विज्ञप्ती जारी गरी धाँदली भएका मतदान केन्द्रहरुको पुनः मतदान नभएर काँग्रेसले कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । गौरीशंकर गाउँपालिका वडा नं. २ जुँगू र वडा नं. ५ सुरी बाम गठबन्धनका उम्मेद्वारहरु विशाल खड्का र पार्वत गुरुङले मतदान गरेको केन्द्र हो ।