Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दोलखामा अन्तिम चुनावी सभा

७ मंसिर २०७४, बिहीबार १८:०८

दोलखा, ७ मंसिर
आगामी निर्वाचनका लागि विहीबार राती १२ बजेबाट मौन अवधी सुरु हुनै लाग्दा अन्तिम चुनावी सभा सकिएका छन् । नेपाली काँग्रेसले विहीबार चरिकोटमा चुनावी सभा गरेको छ । चुनावी सभालाई नेपाली काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँड सहितका नेताहरुले सम्बोधन गरे ।
विहीबार बाम गठबन्धका उम्मेद्वारहरु भने क्षेत्र नं. १ को तामाकोसी गाउँपालिका र वैत्यश्वर गाउँपालिका केन्द्रित भए । त्यस्तै क्षेत्र नं. २ का उम्मेद्वारहरु भीमेश्वर नगरपालिकाको लाँकुरीडाँडा बोच, लगायतका क्षेत्रमा केन्द्रित भए । बाम गठबन्धनले भने ठूलो सभा चरिकोटमा बुधबार गरेको थियो ।

दाेलखामा नेपाली काँग्रेसबाट प्रतिनिधि सभामा रूद्रबहादुर खड्रका, प्रदेश सभा १ मा बर्मा लामा, क्षेत्र नं. २ मा केशवराज चाैलागाइ उम्मेद्वार छन्र । त्यसैगरी बाम गठबन्धनबाट प्रतिनिधि सभामा एमालेका पार्वत गुरूङ, प्रदेश सभा क मा माअाेवादी केन्द्का विशाल खड्रका, प्रदेश ख मा एमाले नेता पशुपति चाैलागाइ उम्मेद्रवार छन्र । प्रदेश ख मा नेकपा मालेबाट दाेलखाका संस्थापक कम्युनिष्ट नेता लालकुमार केसी उम्मेद्रवार छन्र ।