Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दोलखामा भयरहित निर्वाचन गराउन मतदानस्थल निरीक्षण

१७ कार्तिक २०७४, शुक्रबार २३:४६

दोलखा, कात्तिक १७

आसन्न निर्वाचनका लागि संवेदनशील मानिएको दोलखामा भयरहित, निष्पक्ष, धाँधलीरहित निर्वाचन गराउन स्थानीय प्रशासनले मतदानस्थानहरुको निरीक्षण अभियान सुरु गरेको छ ।
जनतालाई भयरहित वातावरणमा मतदान गर्ने व्यवस्थाका लागि सुरक्षा प्रबन्ध गर्ने उद्देश्यले स्थानीय प्रशासनले मतदानस्थल निरीक्षण गरेको हो । निरीक्षणको पहिलो दिन टोलीले वैतेश्वर गाउँपालिकाका मतदानस्थलहरुको निरीक्षण गरेको छ । सो गाउँपालिकाका वडा नं १ को कार्यालय, पीपलडाँडा,हनुम जनज्योति मावि गैरीमुदी, कालिढुङ्गा मावि मिर्गे, हनुमन्तेश्वर मावि काब्रे, विद्याप्रेमी नेशनल एकेडेमी, मैनापोखरी, वैतेश्वर मावि मतदान केन्द्रको निरीक्षण गरेको हो ।
निरीक्षणको क्रममा टोलीले मतदानस्थलहरुमा विगतमा भएका मतदान प्रक्रियाहरुको जानकारी लिएको थियो ।
निरीक्षण टोलीमा प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापा, प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश प्रकाशकुमार काफ्ले, रणभीम गणका प्रमुख सेनानी झविन्द्रबहादुर रेस्मी, स्थानीय विकास अधिकारी तुलसीनाथ गौतम, जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, सशस्त्र प्रहरी चरिकोट वेसक्याम्पका प्रहरी नायव उपरीक्षक महेश केसी, सहायक निवौचन अधिकृतद्वय प्रमुख कोष नियन्त्रक रमेश शिवाकोटी तथा सहायक प्रमुख जिल्ला अधिकारी बालकृष्ण कटवाल र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।
जिल्लाका सबैजसो मतदानस्थलहरुको निरीक्षण गरिने र आवश्यकता अनुसार सुरक्षा प्रबन्ध गरी भयरहित,  निष्पक्ष निर्वाचन व्यवस्था गरिने प्रमुख जिल्ला अधिकारी लक्ष्मणविक्रम थापाले निरीक्षणको क्रममा जानकारी दिए ।

२ नगरपालिका र ७ गाउँपालिका रहेको दोलखामा ९४ मतदानस्थल र १९० मतदान केन्द्रहरु छन् । यही मंसिर १० गते पहिलो चरणमा दोलखामा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । दोलखाबाट प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुईजना निर्वाचित हुनेछन् ।




Leave a Reply

Your email address will not be published.