Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दोलखामा राप्रपाले काँग्रेसलाई सघाउने

१२ कार्तिक २०७४, आईतवार १६:२२

दोलखा, १२ कार्तिक

दोलखाका राप्रपा र राप्रपा प्रजातान्त्रिकले मंसिर १० गते हुने निर्वाचनमा प्रत्यक्ष तर्फ नेपाली काँग्रेसका उम्मेद्वारलाई सघाउने भएका छन् । नेपाली काँग्रेसका सभापति रुद्रबहादुर खड्का, राप्रपाका अध्यक्ष सुन्दरप्रकाश खड्का र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष बलबहादुर तामाङ बीच ३ बुदे सहमति भएको छ ।
सहमति अनुसार प्रत्यक्ष तर्फ दुवै राप्रपाले काँग्रेसका उम्मेद्वारलाई सघाउने, समानुपातिकमा आ–आफ्ना पार्टीलाई मत माग्ने र कार्तिक १३ गते चुनावी कार्यक्रम गाउँगाउँमा जाने निर्णय भएको छ ।
निर्वाचन चुनावी अभियान नेपाली काँग्रेस गठबन्धनले दुवै क्षेत्रका बीच भागबाट सुरु गर्ने भएका छन् । नेपाली काँग्रेस दोलखाका सचिव एवं चुनाव प्रचार विभाग प्रमुख सन्तोष रिमालले सार्वजनिक गरेको कार्गक्रम अनुसार दोलखा प्रदेश नं. क मा बैत्यश्वर गाउँपालिकाको नाम्दूबाट र प्रदेश ख मा कालिञ्चोक गाउँपालिकाको सुन्द्रावतीबाट सुरु गर्ने भएका छन् ।
बाम गठबन्धनले भने प्रदेश क को गौरीशंकरबाट सुरु भएर पवटीमा अन्त हुने छ भने प्रदेश ख मा शैलुङ्गेश्वरबाट सुरु भएर लामाबगर पुगेर चरिकोटमा संयुक्त सभा गरी अन्त हुने छ ।




Leave a Reply

Your email address will not be published.