Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

दोस्रो चरणका मतदाता पहाडतिरै

१७ मंसिर २०७४, आईतवार १५:१४

दोलखा, १७ मंसिर
रौतहतका राजेश पटेल छ महिनादेखि तिब्बत सिमानामा कठ्ग्रीदो चिसोमा दैनिक १२ घण्टा सिमेन्ट र रडको काम गर्छन् । विहान झिस्सिेमै ढठ्ने र राती अबेरसम्म काम गर्नुपर्छ । उनको काम गर्ने ठाउँमा हिमालको चिसो र नदीकोको सिरेटो उत्तीकै आउँछ । मधेशको गर्मीमा बसेको मान्छे २ हजार मिटरको उचाइमा हिमालकै नजिकै काम गर्न उत्तिकै सास्ती छ ।
राष्ट्रिय गौरवको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँध स्थल निर्माणमा भेटिएका पटेलसँगै कैलालीका झरिलाल चौधरीलाई पनि उस्तै छ । मजदुरीका लागि टाढाबाट आएकाहरु उनीहरुको गाउँमा अहिले चुनावको खुबै चर्चा छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको मंसिर २१ गते चुनाव हुँदै छ । चुनावमा भोट हाल्ने रहर भएका बर्दिका लक्ष्मण चौधरी अझैं अन्यौलमा छन् । ‘भोट माग्न पनि कोही आएको छैन, कसरी भोट हाल्ने पनि थाहा छैन’ उनले भने ‘हाम्रो गाउँमा २१ गते चुनाव हुँदै छ भन्ने रेडियो सुनेर थाहा पाएको जाने की नजाने थाहा छैन ।’
ति सबै काम गर्नेहरु अधिकाँश दोस्रो चरणमा चुनाव हुने जिल्लाका छन् । उनीहरु सबैको जिल्लामा दोस्रो चरणमै चुनाव हुँदै छ । ‘टाढाको बाटो छ जान आउँन धेरै दिन लाग्छ, खर्च पनि हुन्छ गाडी व्यवस्था भए भोट हाल्न जाने सोच बनाएको छु’ सुनसरीका बुद्धिमान श्रेष्ठले भने । यति धेरै मतदाता भएको ठाउँमा कुनै पनि पार्टीका नेताहरुको नजर समेत परेको छैन ।
स्थानीय उम्मेद्वारहरुले आफ्नो मतदाता नभएकाले त्यता चासो राखेनन् । समानुपातिक तर्फ देशभरका भोट चाहिने पार्टीका उम्मेद्वारहरु समेत आयोजनाका कामदारसँग मत माग्न भ्याएनन् । आफ्नै गाउँघरबाट साथीहरुलाई भोट हाल्न आउँनु पर्छ भन्ने फोन समेत आएको उनीहरु बताउँछन् ।
आयोजनाका प्रवद्र्धक कम्पनी अपर तामाकोसी हाइड्रोपावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले कोही पनि मजदुरहरुलाई भोट हाल्न जाऊ र आउन भन्ने आफ्नो अधिकार नभएको बताउँछन् । ‘आयोजनामा विभिन्न काम गर्ने कम्पनीहरु छन्, ति कामका लागि पेटीमा समेत लिने साना ठेकेदारहरुले कामदार ल्याएका छन्’ उनले भने ‘कामदारलाई विदा दिने नदिने भन्ने उनीहरुकै काम र जिम्मेवारी हो ।’ आयोजनाका कार्यालयमा काम गर्ने कर्मचारीहरुलाई पनि काममा असर नपर्ने गरी पहिलो चरणको चुनावमा विदा व्यवस्थापन गरेको थियो ।