Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

नयाँ शक्ति एमालेमा विलय नभएको विज्ञप्ती

२० कार्तिक २०७४, सोमबार १२:२८

दोलखा, २० कार्तिक
नयाँ शक्ति नेपाल दोलखाका संयोजक सहितका ३ नेताहरु एमाले प्रवेश गरेर सिंगो जिल्ला संगठन एकता भएको समाचार कपोलकल्पित भएको सो पार्टीका नेताहरुले बताएका छन् । नयाँ शक्ति नेपालका केन्द्रीय परिषद् सदस्य सन्तोष राउत र अनुशासन विभाग प्रमुख नारायणभक्त श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा संकगठन भित्र कुनै पनि छलफल नगरी २÷४ जना कुनै पार्टी प्रवेश गरे भन्दैमा पार्टी विलय नहुँने विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा उल्लेखित समाचार अनुसार नयाँ शक्तिका पदाधिकारी सदस्यहरुको बैठक बसी चाँडै अर्को संयोजक तोक्ने बताइएको छ । आइतबार विहान नयाँ शक्ति दोलखाका संयोजक रविन्द्र कार्की प्रतिनिधि सभाका उम्मेद्वार वैकुण्ठ भण्डारी र सचिवालय सदस्य केशव चौलागाई एमाले प्रवेश गरेका थिए ।




Leave a Reply

Your email address will not be published.