Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

नेताहरुको जोड तिब्बतसँगको नाका खोल्ने र तामाकोसी तेस्रो बनाउने

७ मंसिर २०७४, बिहीबार १३:२६

दोलखा, ८ मंसिर
प्रतिनिधि सभा र प्रदेश सभा २०७४ को पहिलो चरणको प्रचार प्रसारको अन्तिम घडिमा बाम गठबन्धनले चरिकोटमा जिल्लास्तरीय सभा राख्यो । नेपाली काँग्रेसले सोही स्थानमा विहीबार सभाको आयोजना गरेको छ । यि सभा नै संभवत नजिकीदै गरेको निर्वाचनको अन्तिम चुनावी सभा हुनेछ ।
दोलखामा नेकपा एमाले र माओवादी केन्द्र र नेपाली काँग्रेसको लोकतान्त्रिक गठबन्धन बीच मुख्य चुनावी प्रतिस्पर्धा हुने देखिन्छ । चुनावी सभा कार्यकर्ता भेटघाट र मतदाताका घरदैलोमा दुवै गठबन्धनका उम्मेद्वार र नेताकार्यकताहरु व्यष्त छन् ।
मतदाताहरुसँग मत माग्नका लागि दोलखा विकासको महत्वकांक्षी आश्वासनहरु समेटिएको प्रतिबद्धतापत्र बाम गठबन्धनले सार्वजनिक गरेको छ । त्यस्तै गरी नेपाली काँग्रेसले पनि उस्तै प्रकृतिका विकासे योजनाहरु आफू निर्वाचित भए गर्ने दाबी पेश गर्दै आएका छन् ।
निर्वाचन प्रचारको माहौल मध्यउत्कर्षमा पुगेका बेला जलविद्युत, दुई देश जोड्ने सडक, खरिढुङ्गा खानी र फिल्म सिटी निर्माण गरेरै छाड्ने आश्वासन गठबन्धन र तिनका उम्मेद्वारहरुले उद्घोष गरेका छन् । डेढ लाख मतदाता रहेको दोलखामा एक प्रतिनिधिसभा र दुई प्रदेशसभाका सदस्यहरु निर्वा्चित हुनेछन् । दुवै गठबन्धनले तीनै सिट जित्नका लागि प्रचारका अनेक शैली उपयोग गर्दै आएका छन् ।
निर्वाचन नजिकीदै गर्दा सदरमुकाम चरिकोट र मुख्य बजार केन्द्रहरु दुवै गठबन्धनका तुलले झिलिमिली भएका छन् । चुनाव प्रचारका लागि परम्परागत पोष्टर, रेडियोमा छोटोमा आफ्नो भनाई, पत्रपत्रिका प्रकाशन, अनलाइन, रेडियोमा अन्र्तवार्ता पनि दिन लगाएका छन् । दुवै गठबन्धनले आफू निकटका सञ्चारकर्मीहरुलाई प्रयोग गरेका छन् । सामाजिक सञ्चालमा आफ्ना भनाई र फेसबुक लाइभ पनि मुख्य प्रचार सामाग्रीको रुपमा प्रयोग गरेका छन् ।
महत्वकांक्षी परियोजनाहरु तामाकोशी तेश्रो, तामाकोशी —१, तामाकोशी—५, खिम्ती दोश्रो, ठोसे खिम्ती जलाशययुक्त आयोजना लगायत जिल्लाभित्र उत्पादन हुने करिव २ हजार ५ सय मेगावाटका जलबिद्युत आयोजनाहरु निर्माणका लागि लगानीमैत्री वातावरण बनाउन दुवैका उम्मेद्वारहरुले बताउँदै आएका छन् । नेपाली काँग्रेसबाट प्रतिनिधि सभा उम्मेद्वार रुद्रबहादुर खड्काले २० वर्ष अघि आफू जिविस सभापति हुँदा दोलखाका मुख्य ४ सडकको निर्माण सुरुवात, गाउँ गाउँमा विद्यालय, स्वास्थ्य चौकी खोल्नु र ६३ वटा झोलुङ्गे पुल निर्माण गर्नु नै आफू ठूलो उपलब्धी भएको बताए ।
निर्माणाधिन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजना पनि आफ्नै पहलमा बनेको जस पनि दुवैले दाबी गर्दै आएका छन् । प्रदेश सभा २ मा उम्मेद्वार बनेको नेकपा एमालेका पोलिट्व्यूरो सदस्य पशुपति चौलागाईले आफू सांसद हुँदै नै माथिल्लो तामाकोसीको लागि पहल गरेको दाबी गरे । श्रृजना गरी दोलखाली जनताको सेयर लगानीको सुनिश्चिततासहित जिल्लालाई ‘बिद्युत केन्द्र’ पहिचान हुनेगरी मेघा जलविद्युत आयोजना निर्माणमा अर्जुनदृष्टिसहित कार्यान्वयन गर्ने वातावरण बनाउने उनल बताए ।
छिमेकी मुलुक चीन र भारतलाई जोड्ने नेपालकै छोटो दुरीमध्येको उत्तर–दक्षिण लोकमार्गको लामावगर–लप्ची सडक निर्माण सम्पन्न गरी लामावगर नाकालाई भारतीय सीमा भिट्टामोडसम्म जोडिने काँग्रेस उम्मेद्वार खड्काले बताए । ‘वर्तमान काँग्रेस नेतृत्वको सरकारकै पालामा हामीले यो नाका खोल्न पहल ग¥यौं’ उनले भने ‘अहिले पनि ठेक्का निकालेर काम जारी छ, लप्चीसम्म पुग्न सुरुङमार्ग सहित ३२ किलोमिटर सडकको ट्रयाक खोल्न १ अर्ब ४८ करोड प्रस्ताव गरेर अर्थ मन्त्रालयको सहमतिका लागि फाइल अघी बढेको छ ।’
लामावगर नाकालाई व्यापारिक नाकाको रुपमा विकास गरिने उल्लेख गर्दै हाल बन्द रहेको दक्षिण ऐसियाकै दोश्रो ठूलो भनिएको ओरियन्ट म्याग्नेसाइट खानी, खरिढुागाको बृहत सर्वेक्षण र थप अनुषन्धान गरी पुनस् साचालनमा ल्याई रोजगारी र जिल्लाको आन्तरिक आयश्रोतमा बृद्धि अठोट गरिएको छ । सरकाले दोलखाको भीमेश्वर नगरपालिका स्थित डाङडुङे डाँडामा निर्माणको औपचारिक निर्णय गरेको ‘फिल्म सिटी’ का लागि राष्ट्रियरअन्र्तराष्ट्रिय क्षेत्रवाट लगानी जुटाई निर्माण गरिने प्रतिबद्धतापत्रमा भनिएको छ ।
“कृषि र पशुपालनमा आधुनिकिकरण, निर्वाहमुखी कृषिलाई व्यवसायीकरण” भन्ने नारा अघि सारिएको छ । जसमा फलफुल, तरकारी, नगदेवाली, वीउ उत्पादनजस्ता कृषिवस्तु र पशुपालनमा कृषकलाई प्रोत्साहन स्वरुप निश्चित अनुदानको व्यवस्था गरिने उल्लेख छ । दुध, अण्डा र मासुमा जिल्लालाई आत्मनिर्भर वनाउदै जिल्ला वाहिर निर्यात समेत हुनेगरी कार्यक्रमहरु सञ्चालनमा जोड दिइनेछ । नयाँ प्रविधि, शीप र ज्ञान प्राप्तीका लागि विकसित मुलुकवाट व्यवहारिक तालिम प्राप्त गराउन बैदेशिक कृषक तालिम कार्यक्रम संचालनमा पहल गरिने भनेर कृषकको मत तान्न प्रयत्न गरिएको छ ।
जिल्लामा निर्माणाधीन चक्रपथ सडकलाई स्तरोन्नति सहित कालोपत्रेलाई प्राथमिकता प्राथमिकता दिइने बाम गठबन्धनबाट प्रदेश १ मा उम्मेद्वार बनेका नेकपा माओवादी केन्द्रका विशाल खड्काले बताए । जिल्ला सदरमुकाम वा लोकमार्गवाट गााउपालिका केन्द्रसम्म र गााउपालिका केन्द्रबाट नयाँ कायम भएका सबै वडा केन्द्रहरुमा बाह्रै महिना यातायातका साधन सञ्चालन हुने गरी सडकको स्तरोन्नति सहित सडक विस्तार गरिने उनले दाबी गरे ।
दुवैले पर्यटन विकास, शैक्षिक विकास र सुलभ स्वास्थ्य सेवा लगायतलाई पनि प्राथमिकता दिने दाबी गरेका छन् । समृद्ध र सुखी जीवनयापनका लागि घरघरमा रोजगारीको व्यवस्था गरिने दुवैको प्रतिबद्धता छ ।