Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

नेवि संघ दोलखाले तोक्यो स्थानीय तहमा चुनावी कमाण्डर

१३ कार्तिक २०७४, सोमबार ११:३८

दोलखा, १३ कार्तिक

नेपाल विद्यार्थी संघले दोलखामा चुनाव परिचालनको लागि गाउँपालिका र नगरपालिका स्तरीय कमाण्डर तोकेको छ । नेवि संघको सोमबार बसेको जिल्ला कार्यसमिति बैठकले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन परिणाम नेपाली काँग्रेसको पक्षमा पार्न चुनावी कमाण्डर तोकेको हो ।
नेपाल विद्यार्थी संघ दोलखाका अध्यक्ष भीमबहादुर खड्काका अनुसार भीमेश्वर नगरपालिकामा राजन बस्नेत, जिरी नगरपालिकामा मकर तमाङ, गौरीशंकर गाउँपालिकामा विशाल कार्की, वैत्यश्वर गाउँपालिकामा सुबास लामा, तामाकोसी गाउँपालिकामा प्रचण्डदीप कार्की, मेलुङ गाउँपालिकामा निरोज कार्की, शैलुङ गाउँपालिकामा विफुलाल तमाङ, कालिञ्चोक गाउँपालिकामा नवराज पाठक र विगू गाउँपालिकामा अशोक खड्कालाई तोकेको छ ।
तोकिएका कमाण्डरहरुले आफ्नो कार्यक्षेत्र भित्रका वडाहरुका मतदान केन्द्रमा स्थानीय पार्टी, शिक्षक, किसान, तरुण, महिला संघसँग सहकार्य गरी निर्वाचनमा परिचालन गर्ने उनले बताए । नेवि संघको जिल्लाको चुनावी कमाण्ड नेवि संघ दोलखा अध्यक्ष भीम खड्का र शीर्ष नेताहरुले गर्ने छन् ।




Leave a Reply

Your email address will not be published.