Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

पूर्व र पश्चिममा गाडी दुर्घटनामा १५ को मृत्यु ९ घाइते

१३ कार्तिक २०७४, सोमबार १६:००

१३ कात्तिक, दोेलखा
देशका पूर्व र पश्चिममा गाडी दुर्घटना हुँदै सोमबार मात्र १५ को ज्यान जानुका साथै ९ घाइते भएका छन् । उदयपुरमा सुमो जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । ३ जना घाइते छन् ।
कटारीबाट ओखलढुंगा सदरमुकाम जाँदै गरेको ना १ ज ३४०४ नम्बरको सुमो उदयपुरको ठाँटी भन्ने स्थानमा रहेको भीरबाट ३ सय मिटर तल खस्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।

घाइते हुनेमा चालकसहित एक जना महिला र बालक छन् । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन ।
त्यसैगरी वुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो गुल्मीको बिरवासमा दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ३ जना महिला र ४ जना पुरूष रहेका छन् । उनीहरूको सनाखत हुन सकेको छैन् ।

सोमबार बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नम्बरको माईक्रो गुल्मीदरबार गाउँपालिका(४ मा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक अनुरागकुमार द्धिबेदीले जानकारी दिए ।

प्रहरी र स्थानीले उद्धार कार्य जारी राखेको गुल्मीका प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए ।

घाइतेहरुको अबस्था हेरिकन प्रहरीलाई पाल्पा पठाउन भनिएको प्रजिअ अर्यालले जानकारी दिएका छन् ।

दुर्घटनाको कारण खुल्न सकेको छैन् । गाडीमा चालक सहित १५ जना रहेको बुझिएको छ । दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।




Leave a Reply

Your email address will not be published.