Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

प्रदेश ३ को मुख्यमन्त्री अष्टलक्ष्मी कि डोरमणि ?

२६ माघ २०७४, शुक्रबार ११:००

एमाले प्रदेश ३ को संसदीय दलका नेताका लागि अष्टलक्ष्मी शाक्य र डोरमणि पौडेलले उम्मेदवारी दिएका छन् ।

मुख्यमन्त्रीको दावेदार राजेन्द्र पाण्डेले  अन्तिम समयमा आएर अष्टलक्ष्मी शाक्यलाई समर्थन गरेका छन् ।

एमाले उपाध्यक्ष एवं प्रदेश इञ्चार्ज समेत रहेकी शाक्यको प्रस्तावकमा पशुपति चौलागाईं र समर्थकमा राजेन्द्रमान श्रेष्ठ छन् । प्रदेशसभाका जेष्ठ सदस्य समेत रहेका डोरमणि पौडेलको प्रस्तावकमा केशव स्थापित र समर्थकमा कैलाश ढुंगेल छन् ।

एमालेभित्रको गुटका आधारमा अष्टलक्ष्मी माधव नेपाल समूहका हुन् भने पौडेल ओली समूहका हुन् ।