Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

लागू औषधसम्बन्धी एक दिने कार्यशाला

१८ कार्तिक २०७४, शनिबार १३:२५

दोलखा, कात्तिक १८

लागू औषधको प्रयोगमा न्यूनीकरण गर्ने उद्देश्यले दोलखा सदरमुकाम चरिकोटमा एक दिवसीय लागू तथा मनोद्विपक औषधी सम्बन्धी कार्याशाला तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।
नेपाल औषधी व्यवसायी संघ, दोलखा सम्पर्क समिति तथा नेपाल औषधी व्यवसायी संघ, वागमती शाखाले कार्याशालाको आयोजना गरेका हो । कार्यशाला उद्घाटन समारोहका प्रमुख अतिथि भीमेश्वर नगरपालिकाका प्रमुख भरत केसीले लागू पदार्थ दुव्र्यसनले सबैभन्दा बढी किशोरकिशोरीहरुलाई प्रभावित पारेकोले नगरलाई लागू औषधमुक्त पार्न सबैको सहयोग आवश्यक रहेको बताए । उनले यसप्रकारको कार्यशाला स्थानीयस्तरसम्म लैजानुपर्ने बताए ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले ९५ प्रतिशत लागू औषध औषधी पसलबाटै बिक्रीवितरण हुने भएकोले औषधी पसलहरु सजग भैदिँदा लागू औषध कारोबार तथा दुव्र्यसनमा निकै कमी आउने आशा व्यक्त गरे ।
नेपाल औषधी व्यवसायी संघ, वागमती शाखाका अध्यक्ष निरञ्जन प्रसाद रिसालको अध्यक्षतामा भएको कार्यशालामा भीमेश्वर नगरपालिकाका जनप्रतिनिधिहरु, दोलखाका औषधी व्यवसायीहरु तथा स्थानीय तहका विद्यार्थीहरुको सहभागिता रहेको छ ।




Leave a Reply

Your email address will not be published.