Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

वल्र्डर्लिकको फाइबर टु होम टाँडीमा

२८ पुष २०७४, शुक्रबार १६:४५

वल्र्डलिंक कम्यूनिकेसन्स्ले नेपालको पर्यटकीय केन्द्र रत्ननगर टाँडीमा फाइबर टु होम सेवा सहित बुधवार साखा शुभारम्भ गरेको छ । यो अप्टिकल फाईवर केबलको माध्यमबाट उच्चगतीको इन्टरनेट डाटा भिडियो फाइलहरु सजिलैसंग अपलोड तथा डाउनलोड गर्नसकिने कम्पनिका नेटवर्क विस्तार परियोजना प्रमुख शंकर राजशिवाकोटीले वताए । यस साखावाट पर्सा, टाँडी तथा सौराहलगायको क्षेत्रहरुमा सेवा दिईने उनले बताए । यस क्षेत्रका व्यवसायीहरुले उच्चतम सेवामार्फत आआफ्नो क्षेत्रमा समृद्घि हासिल गर्न सक्ने शाखाको उद्घाटन गर्दै उनले बताए । कम्पनिले ग्राहकको मागअनुसार १० देखि ५० एमबपीएससम्मको सेवा उपलव्ध गराईरहेको छ । यो सेवाविद्यार्थी, सँध सँस्था, होटल, रेस्टुरेन्ट, व्यवसायिक स्थानतथा घरमा सर्वसुलभ दरमाप्रयोग गर्न सकिने यस प्रालि ले जनाएको छ । यो सगै ग्राहकले उच्चगतिको इन्टरनेट आइपीभीटी सेवाको समेत अनुभवलिन सक्ने शिवाकोटीले वताए ।