Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

संघीय समाजबादीबाट सामुहिक राजिनामा, नयाँ शक्ति एमालेमा विलय

१९ कार्तिक २०७४, आईतवार ११:३१

संघीय समाजवादी फोरम नेपाल दोलखाका ईन्चार्ज सहित अधिकाँश नेता तथा कार्यकर्ताहरुले पार्टी केन्द्रले बेवास्ता गरेको भन्दै सामुहिक राजिनामा दिएका छन् ।

समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य, दोलखा जिल्ला ईन्चार्ज एवँ प्रतिनिधि सभा सदस्यका प्रतक्ष्यतर्फका उम्मेदवार लक्ष्मण गुभाजु सहितका नेताहरुले सामुहिक राजिनामा दिएका हुन् । फोरम नेपाल दोलखाका उपाध्यक्ष एवँ प्रदेश ‘ख’ का उम्मेदवार टहलवहादुर थामी, पूर्व जिल्ला अध्यक्ष बिच्छिकुमार थामी लगायतका नेता तथा कार्यकर्ताहरुले पनि राजिनामा दिएका छन् । सामुहिक राजिनामा पेश गर्नेहरुमा जिल्ला सचिव सोनाम शेर्पा, सह सचिव प्रमिला श्रेष्ठ, समाजवादी युवा फोरमका केन्द्रिय सदस्य एवँ जिल्ला ईन्चार्ज दोर्जे शेर्पा लगायत २९ जना रहेका छन् । राजिनामा पत्र फोरम नेपालका जिल्ला ईन्चार्ज गुभाजुले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् ।

पार्टी केन्द्रले हिमाल र पहाडलाई हेर्ने दृष्टिकोण र व्यवहारमा समानता नभएको, पहिचानको मुद्धालाई ओझेलमा पारेर आत्मसमर्पण गरेको, आसन्न निर्वाचनका लागि श्रोत साधनको न्यायोचित बितरण नगरेको लगायतका कारण देखाउँदै उनीहरुले सामुहिक राजिनामा दिएका हुन् ।

नयाँ शक्ति नेपाल दोलखाका नेताहरु एमालेमा विलय भएका छन् । नयाँ शक्ति दोलखा संयोजक रविन्द्र कार्की, सचिवालय सदस्य केशव चौलागाई र प्रतिनिधि सभा उम्मेद्वार बैकुण्ठ भण्डारीले एमालेसँग पार्टी एकता गरेको घोषणा गरे । एमाले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी नयाँ शक्ति दोलखाको पार्टी एमालेमा विलय भएको हो । पत्रकार सम्मेलनमा नयाँ शक्तिका ३ जना नेता मात्र उपस्थित थिए । केही समय अघि पनि नयाँ शक्ति दोलखाका ५ दर्जन नेताहरु नेकपा माओवादी केन्द्रमा ध्रुविकृत भएका थिए ।




Leave a Reply

Your email address will not be published.