Online news portal of Dolakha Preeti to Unicode Unicode to Preeti

६ दिने एभरेष्ट रेस जिरीबाट

२३ कार्तिक २०७४, बिहीबार १६:३६

दोलखा, २३ कार्तिक
६ दिने सातौं एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्याराथन दौड प्रतियोगिता जिरीबाट सुरु भएको छ । प्रथम सगरमाथा आरोही एडमण्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको पदमार्ग भएर एभरेष्ट म्याराथन दौड पुरा गर्नेछन् ।
एभरेष्ट ट्रायल रेस म्याराथन दौड प्रतियोगितामा नेपाल सहित १३ राष्ट्रका ४१ जना धावकको सहभागिता रहेको छ । सहभागि मध्ये ९ जना महिला र ३२ जना पुरुष रहेका छन् । प्रतियोगितामा सबैभन्दा बढि स्पेनका १४ जना धावक सहभागि छन् भने बेलायतका ९, ईटालीका ४ तथा नेपाल, पोर्चुगल र आयरल्याण्डका २ र २ जना धावक सहभागि छन् । यसैगरी, मेक्सिको, कोलम्विया, फ्रान्स, अमेरिका, क्यानडा, स्वीडेन, नर्वे र अर्जे्न्टिनाका १र१ जना धावक पनि सहभागि छन् ।
नेपालको तर्फबाट सोलुखुम्वुको महाकुलुङ गाउँपालिका ५ का २६ वर्षीय सुमन कुलुङ र खुम्वु पासङल्होमु गाउँपालिका ९ की २९ वर्षीया छेची शेर्पा सहभागी छन् । शेर्पा ६ महिना अघि कञ्चनजंघादेखि चीनको सिमाना हिल्सासम्मको १८ सय किलोमिटर दुरी ४५ दिनमा पुरा गर्दै दोस्रो हुन सफल धावक हुन् । यो दौडमा स्पेनका विश्व बिख्यात धावक लुईस अलबेट्रो पनि सहभागि छन् ।
जिरीवाट सुरु भएको प्रतियोगिता रामेछापको बाम्ति भण्डार, सोलखुम्बुको गोली, पिके डाँडा, नाम्चे, पाङ्बोचे हुँदै फोर्चे सम्म पुगी पुनः लुक्लाको त्याङ्बोचे आएर यही कार्तिक २९ गते सकिनेछ । प्रथम सगरमाथा आरोही हिलारी र शेर्पाको पदमार्गलाई अन्तराष्ट्रिय रुपमा चिनाई राख्न र यसलाई जिवित राख्नका लागि वर्षेनी म्याराथन दौड आयोजना गर्ने गरिएको आयोजक अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसनका प्रवन्ध निर्देशक कामी शेर्पाले जानकारी दिए ।
एभरेष्ट ट्रायल रेस अन्तराष्ट्रिय म्यारथनको प्रथम हुनेले १ लाख ५० हजार, द्धितिय हुनेले १ लाख र तृतीय हुने ५० हजार नगद सहित मेडल र ट्रफी पाउनेछन् । एभरेष्ट म्याराथन दौड प्रतियोगिता सन् २०११ देखि सुरु भएको हो । प्रतियोगितामा सहभागि हुने धावकहरुको संख्यामा वर्षेनी वृद्धि हुँदै गएको छ । प्रतियोगितामा सहभागि महिला र पुरुष धावकहरुको छुट्टा–छुट्टै मूल्याङ्कन हुनेछ ।
जिरी सगरमाथाको प्रवेशद्वारको रुपमा पनि चिनिन्छ । सोलुखुम्बुसम्म सडक यातायात सुरु हुनु अघि जिरीसम्म बसमा आएका पर्यटकहरु जिरीबाटै पैदल यात्रा गर्ने गर्थे । एभरेष्ट म्याराथन पनि हरेक वर्ष जिरीबाटै सुरु हुँदै आएको छ । विहीबारबाट सुरु भएको म्याराथन जिरी नगरपालिकाका मेयर टंक जिरेलले उद्घाटन गरे ।




Leave a Reply

Your email address will not be published.