मेलुङ सुन्तला महोत्सव २०७६ सुरु

 आवाज संवाददाता     २८ मंसिर २०७६, शनिबार

चरिकोट । दक्षिणी दोलखाको मेलुङ गाउँपालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका लागि मेलुङ सुन्तला महोत्सव २०७६ सुरु भएको छ ।
पालिकालाई सुन्तला पकेट क्षेत्र घोषणाका साथै सुन्तला बगैँचाको निर्माण गरि सुन्तला बचाउ अभियानका लागि शनिबारबाट मेलुङ गाउँपालिकाका–१, पवटीको रमाइलो चोकमा सो महोत्सव सुरु भएको हो ।
महोत्सवको उद्धघाटन प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले गरेका थिए ।
सो स्थानहरु समुन्द्री सतहबाट ९ सय देखि १४ सय मिटर उचाईसम्म रहेकाले उत्पादित सुन्तलाहरु रसिलो र स्वादिलो हुने मेलुङ गाउँपालिका प्रवक्ता हिरा थोकरले बताए । गाउँपालिकाको वडा नम्बर १ पवटी, वडा नम्बर २ को ढलेको बर, डाँडागाउँ, च्याने, वडा नम्बर ४ को लामाटार, आँगेटार, मानेडाडाँ, बुद्धचोक, वडा नम्बर ६ को तीनपिप्ले लगायतको स्थानमा सुन्तला उत्पादन हुने गरेको छ ।
महोत्सवको पहिलो दिन शनिबार विभिन्न सांस्कृतिक झाँकीहरुको प्रदर्शन, सांगितिक प्रस्तुति, सुन्तला, तथा सुन्तला जातका फलफुलहरुको स्टल राखिएको छ । साथै पालिकामा उत्पादित औगोगिक सामग्रीको प्रदर्शनी गरिएको छ । महोत्सवको दोस्रो तथा अन्तिम दिन सुन्तला विज्ञहरुको कार्यपत्र प्रस्तुति, सांगितिक प्रस्तुति र मेलुङ संकल्प नामक वृत चित्र प्रदर्शन गरिने प्रवक्ता थोकरले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।