पूर्व गृहमन्त्री तामाङको शिक्षामा चासो

 आवाज अनलाइन     १ पुष २०७६, मंगलवार

धादिङ

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले जिल्लाका विभिन्न विद्यालय तथा गुम्वाहरुको निरीक्षण गर्नुभएको छ ।
पूर्व गृममन्त्री समेत भएका तामाङले रुबिभ्याली गाउँपालिकामा रहेको मुक्राप देवी माध्यामिक विद्यालयमा अध्ययनरत कक्षा ८, १० र १२ को शिक्षण सिकाई तथा शिक्षक, विद्यार्थी र अभिभावकको सहभागिताको वारेमा जानकारी लिएका थिए ।
सोही अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व गृहमन्त्री बुद्धिमान तामाङले शिक्षक सिकाईमा हुनुपर्ने सुधारका पक्षमा धारणा राख्नुका साथै विद्यालयको शैक्षिक सुधारको लागि आफ्नो सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।
विद्यार्थीहरुको भविश्य तपाईहरुले दिएको शिक्षाले प्रभाव पार्ने भएकोले शिक्षकहरुले कुनै राजनीतिक दलको कार्यकता नभई शैक्षिक गुणस्तर सुधारमा लाग्न आग्रह गरेका थिए । शिक्षकलाई गुरु त्यसै भनिएको होईन् तपाईको विद्यार्थीले गरेका गतिविधीमा समेत तपाई गुरु अनुसारको चेला भनिने भएकोले कहिँ कतै आफ्नो आचरण कस्तो भएको छ स्वमूलयांकन गर्न आग्रहर गर्नुभएको थियो ।
आजै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष एवं पूर्व गृहमन्त्री बुद्धिमान तामाङले धादिङ जिल्लाकै रुबिभ्याली गाउँपालिका वडा नं. ४ मा रहेको बोराङ धादिङ दर्जुङ गुम्वाको पनि अनुगमन गर्नुभएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।