सागका पदक विजेता हमाल दोलखामा सम्मानित

 आवाज संवाददाता     १६ पुष २०७६, बुधबार

पुस १६, चरिकोट । १३ औं सागको तेक्वान्दो खेलमा कास्य पदक विजेता २४ बर्षिय ज्ञानेन्द्र हमाललाई दोलखाको सदरमुकाम चरिकोटमा सम्मानित गरिएको छ ।

६३ केजीभन्दा मुनिको तौल समूहबाट तेक्वान्दो खेलमा कास्य पदक विजेता हमाललाई बुधबारबाट चरिकोटमा सुरु भएको किवी महोत्सवको अवसरमा नगद २० हजार सहित सम्मान गरिएको हो ।

भीमेश्वर नगरपालिका–७, मकैबारीका तेक्वान्दो खेलाडी हमाललाई जन्मथलोको भीमेश्वर नगरपालिकाले सम्मानित गरेको हो । महोत्सवका प्रमुख अतिथि प्रदेश ३ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामा भीमेश्वर नगरपालिकाका मेयर भरत केसीले खेलाडी हमाललाई नगदसहित सम्मानपत्र प्रदान गरेका हुन् ।

गत कात्तिक २१ गते चीनको सेहाङ राज्यमा भएको चाईना ओपन तेक्वान्दो प्रतियोगितामा अण्डर ६३ केजी तौल समूहबाट खेलाडी हमालले स्वर्ण पदक हासिल गरेका थिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।