जीक्यापका वन्यजन्तु पीडितलाई क्षतिपूर्ति

 आवाज संवाददाता     २१ पुष २०७६, सोमबार

रवीन्द्र गौतम । दोलखा

पुस २१, चरिकोट । गौरीशंकर संरक्षण क्षेत्र आयोजना (जिक्याप)को कार्यक्षेत्रभित्रका वन्यजन्तु पीडितलाई क्षतिपूर्ति वितरण गरिएको छ । उत्तरी दोलखाको विगु र गौरीशंकर गाउँपालिकाका ९ जना किसानको पशुधनमा बन्यजन्तुले क्षति गरेवापत क्षतिपूर्ति वितरण गरिएको हो ।

जिक्यापले संरक्षण गरेको वनआसपासमा बसोबास गरिरहेका किसानहरुको पशुधनलाई वन्यजन्तुले क्षति पु¥याएबापत लादुक, लामाबगर, खारे, गौरीशंकर र सुरीका ९ जना पशुपालक किसानलाई क्षतिको प्रकृतिअनुसार कूल एकलाख चारहजार रुपैयाँ क्षतिपूर्ति वितरण गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना चरिकोटका संरक्षण अधिकृत शिवलाल गैरेले जानकारी दिए ।

यसअघि जिक्यापले नै क्षतिपूर्ति वितरण गर्ने गरेकोमा चालु आर्थिक बर्षबाट सरकारले क्षतिपूर्ति वितरण गर्न सुरु गरेको संरक्षण अधिकृत गैरेले जानकारी दिए । संरक्षण क्षेत्र भित्रका बाघ, चितुवा, भालु लगाएतका वन्यजन्तुले गाई, बाख्रालाई मारेर क्षति गराएको भन्दै राहत माग भएपछि क्षतिको मूल्याङ्कण गरेर क्षतिपूर्तिको लागि सिफारिस गरिएको गौरीशंकर संरक्षण क्षेत्र आयोजना प्रमुख सत्यनारायण शाहले जानकारी दिए ।

विगु गाउँपालिका–१, लामाबगरकी मेममाया तामाङले २३ हजार, वडा नम्बर–४, लादुकका जीतबहादुर तामाङले दसहजार, गौरीशंकर गाउँपालिका–९, गौरीशंकरका आइतिमाया तामाङले १७ हजार, सोही स्थानका साङवीर तामाङले पाँचहजार, वडा नम्बर–५, सुरीका नेत्रबहादुर खड्का नौहजार, सोही स्थानका दिनेश खड्का दशहजार, वडा नम्बर–८, खारेका अर्जुनबहादुर खड्काले दशहजार, सोही स्थानका वाईसेल तामाङ पाँच हजार र टलकबहादुर तामाङले १५ हजार क्षतिपूर्ति वापतको रकम वितरण गरिएको संरक्षण अधिकृत गैरेले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।