कालिन्चोक केबलकारकाे अध्यक्षमा बालकृष्ण शिवाकोटी निर्वाचित

 आवाज संवाददाता     २५ पुष २०७६, शुक्रबार

पुस २५, काठमाडौं । कालिनञ्चोक दर्शन प्रालिको पाँचौ साधारणसभा गौशलाको पशुपति भिजनमा सम्पन्न भएको थियो । साधारणसभाबाट अध्यक्षसहित संचालकहरू निर्वाचित भएका छन् ।

दोलखाका युवा व्यवसायी एवम् समाजसेवी बालकृष्ण शिवाकोटी सर्बसम्मत अध्यक्षमा निर्वाचित भएका छन् । संचालकहरुमा मार्कन्डेय अधिकारी, रमेश शिवाकोटी लगाएत सर्वसम्मत निर्वाचित भएका छन् ।

आर्थिक प्रतिवेदन लगाएत भावी योजनाहरु समेत सर्वसम्मत ढंगले पारित भएको उक्त साधारणसभा नेकपाका नेता देवी ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कालिञ्चाेकमा केबलकार सञ्चालन गरिरहेकाे कम्पनीले करिब ३२ जनालाई पूर्णकालीन रोजगारी दिएको दर्शन प्रालिले जनाएको छ ।

केबलकार निर्माण भएको कारण दोलखामा आन्तरिक पर्यटक र बाह्य पर्यटकहरूकाे उपस्थिति बाक्लाे हुन थालेकाे र आगामी दिनमा सामाजिक कार्यहरुमा पनि सहभागी हुने साधारणसभाका सभाध्यक्ष मार्कण्डेय अधिकारीले बताए ।

साधारणसभाकाे संचालन कम्पनीको प्रमुख कार्यकारी अधिकृत अशाेक शिवाकोटीले सञ्चालन गरेका थिए भने कार्यक्रममा सेयर धनी प्रमाणपत्र बितरण गरिएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।