काँग्रेस दोलखाले बुझायो ४ बुँदे मागसहित बिरोधपत्र

 आवाज संवाददाता     ५ माघ २०७६, आईतवार

माघ ५, चरिकोट । नेपाली कांग्रेस दोलखाले संसदमा विचाराधीन रहेको सूचना प्रविधि र विशेष सेवा विधेयक विरोध र ४ बुँदे मागसहित दोलखाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई विरोधपत्र पठाएको छ ।

कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्काद्वारा हस्तारित बिरोधपत्रलाई दोलखाका प्रजिअ भीमकान्त शर्मा पोडेलमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई पठाईएको हो ।

दोलखा कांग्रेसका नेता कार्यकर्ता भेला भएर जिल्ला प्रशासन कार्यालय पुगि बिरोधपत्र प्रजिअलाई हस्तान्तरण गरेका हुन् ।

काँग्रेस दोलखाले चरिकोट–खाडीचौर सडक बर्षात अगावै कालोपत्रे गर्न, जिल्लाको केही स्थानीय तहमा बढेको भ्रष्टाचार, अनियमिमता र बेथितिको छानवीन, जिल्ला बाहिर गएका विषयगत कार्यालयहरु पुनस्थापना र उत्तर दक्षिण राजमार्गअन्र्तगत लामाबगर नाका सञ्चालनमा ल्याउन माग गरेको काँग्रेस दोलखाका सभापती रुद्रबहादुर खड्काले बताए ।

साथै सूचना प्रविधि विधेयकमा सामाजिक सञ्जालमा कसैलाई निरन्तर जिस्क्याए ५ वर्षसम्म जेल वा १५ लाखसम्म जरिमाना वा दुवै सजाय हुन सक्नेसम्म व्यवस्था संविधानको मर्म विपरित रहेकोले खारेज गर्नु पर्ने समेत माग गरेको सभापति खड्काले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।