गहना र नगदसहित तामाकाेशीबाट दुईजना रंगेहात पक्राउ

 आवाज संवाददाता     १२ माघ २०७६, आईतवार

रवीन्द्र गाैतम । दाेलखा

माघ १२, चरिकाेट । चाेरिएकाे गहना र नगदसहित तामाकाेशी बजारबाट दुईजनालाई प्रहरीले रंगेहात पक्राउ गरेकाे छ ।

माघ ९ गते बिहिबार करिब साढे २ बजे भीमेश्वर नगरपालिका-५, तामाकाेशी बजारबाट चाेरिएकाे नगद ४० हजार, सुनकाे तिलहरी र मंगलसुत्रसहित दुई किशाेरलाई दाेलखा प्रहरीले रंगेहात पक्राउ गरेकाे हाे ।
रंगेहात पक्राउ पर्नेमा सर्लाही जिल्ला चक्रघट्टा गाउँपालिका-७ का २३ बर्षिय धर्मेन्द्रकुमार यादव र १८ बर्षिय देविन्द्र राय यादव रहेकाे दाेलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बाेहराले जानकारी दिए ।

यादवद्वयलाई बिहिबार भीमेश्वर नगरपालिका-५, तामाकाेशी बजारस्थित ३९ बर्षिय गणेश श्रेष्ठकाे घरमा चाेरी गरेकाे जानकारीकाे अाधारमा पक्राउ गरेकाे निरीक्षक बाेहराले जानकारी दिए ।

श्रेष्ठकाे घरकाे दराज तोडफोड गरी चोरी भएको भन्ने सूचना पाए पछि किराँतीछापबाट खटिएकाे प्रहरीकाे टाेलीले शंकास्पद अवस्थामा झोला बोकी हिँडि रहेका यादवद्वयलाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ ।

निजहरूलाई चोरी सम्बन्धी कसुर शीर्षकमा जाहेरी दरखास्त लिई मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेकाे प्रहरी निरीक्षक बाेहराले जनाए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।