खबरदार डाँडामा कवितामार्फत खबरदारी

 आवाज संवाददाता     १६ माघ २०७६, बिहीबार

माघ १६, चरिकोट । शहिद दिवसको अवसरमा नेपाली लेखक संघ दोलखाले ‘कविता बाचन तथा शहिदको सपना र बर्तमान अवस्था’ बिषयक अन्तरक्रिया कार्यक्रम चरिकोटको खबरदार डाँडामा सम्पन्न गरेको छ ।

सम्वृद्ध देशका सुखी नागरिक बनाउने सपना बोकेर आफ्नो जीवन आहुती दिने शहिदहरुले कोरकोे बाटोलाई राजमार्ग बनाउने अभियानमा हिँडेको कार्यक्रममा प्रस्तुत अधिकांश कविताका भाव थिए ।

कविहरुले शहिदकी आमालाई दोसल्ला ओढाएर उनको मुहार उज्यालो हुन नसक्ने यथार्थको चित्रण गर्दै शहिदको रगतको सम्मान सरकारले नगरेको समेत आरोप लगाएका थिए ।

दिवसको दिन दिएको दोसल्ला रात दिन आँसु पुच्दा च्यातिएकोले आमाको मुहार हसाउन ब्याङग्यात्मकरुपमा कविहरुले सरकारसँग आग्रह गरेका छन् । शहिदको सपना साकार पार्न कविताको माध्यमद्वारा सम्पूर्ण राजनैतिक दलहरुलाई कविहरुले अपिल समेत गरेका थिए ।

कवि मानबहादुर खड्काले छोरी गुमाएकी आमाको मुहारमा उज्योलो पनि आएन छोरी पनि नआएको पिडा कवितामार्फत बोध गराएका थिए । कवि मुरारी दुलालले शहिदहरुले कोरे बाटोलाई राजमार्ग बनाउने अभियानमा कविहरु लागेको बताएका थिए ।

कवि डम्बरप्रसाद चौलागाईले शहिदको रगतले लत्पतिएको स्थान पनि सरकाले पखाल्न नसकेको आक्रोस ब्याङग्यात्मक शैलीमा व्यक्त गरेका थिए । शहिदका सुन्दर सपनालाई ख्याल ख्याल सम्झेर देशभक्त नेपालीलाई पीडा दिएको कवि लक्ष्मण गुभाजु, कवि राजन बस्नेत र कवियत्री मेनुका चौलागाईले कवितामार्फत आरोप लगाएका थिए ।

कला, साहित्यका धरोहर, लोकप्रिय गायक एवम नेपाली कांगे्रसका नेता केशवराज चौलागाईको प्रमुख आतिथ्यतामा कविता बाचन तथा शहिदको सपना र बर्तमान’ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।