सडकमा चन्दा संकलन गरिरहेका बालकलाई बसले ठक्कर दिँदा मृत्यु

 आवाज संवाददाता     ९ फाल्गुन २०७६, शुक्रबार

फागुन ९, चरिकोट । शिवरात्री पुजालाई चन्दा संकलन गर्न शरिरमा डोरी बाँधेर सडक छेकेका बालकलाई बसले ठक्कर दिँदा घटनास्थलमा नै मृत्यु भएको छ ।

शिवरात्री पुजालाई चन्दा संकलन गर्न शरिरमा डोरी बाँधेर सडक छेकेका कालिञ्चोक गाउँपालिका–९, सुन्द्रावतीका १० बर्षिय बालक पुजन थामीलाई बा४ख ५८०९ नम्बरको अरनिको बसले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरीले जनाएको छ । घटनास्थल मुचुल्काअनुसार बाटो छेक्न प्रयोग गरिएको डोरी मृतक थामीको ढाडमा बाँधिरहेको अवस्थामा भेटिएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।

सिंगटीबाट काठमाण्डौं जाँदै गरेको सो बसलाई रोकेर चन्दा संकलन गर्ने प्रयोजनको लागि मृतक थामीले शरिरमा डोरी बाँधेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । बस र चालक दोलखा प्रहरीको नियन्त्रणमा रहेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।