दाेलखा महाेत्सवकाे मुखैमा महाेत्सवस्थल विवादमा

 आवाज संवाददाता     ९ फाल्गुन २०७६, शुक्रबार

फागुन ९, चरिकाेट । दाेलखा महाेत्सव अाउन करिब डेढ हप्ता बाँकी हुँदा महाेत्सव अायाेजनास्थल चरिकाेट टुँडिखेल विवादमा परेकाे छ ।

दाेलखा जिल्ला निर्माण व्यवसायी संघमा महासचिव राजेश थापा र दाेलखा उद्योग वाणिज्य संघका महासचिव हेमराज रिमालले भीमेश्वर नगरपालिकामा टुँडिखेलकाे ठेक्कामा कार्टेलिङ गर्नेगरी गरिएकाे बाेलपत्र संशाेधनकाे लागि जारी गरेकाे विज्ञप्तिअनुसार महाेत्सवस्थल टुँडिखेल विवादमा परेकाे हाे ।

निर्माण व्यवसायी र उद्योग वाणिज्य संघले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकाे विज्ञप्तीअनुसार सिमित व्यवसायीहरूले मात्र प्रतिष्पर्धा गर्ने गरी सार्वजनिक गरिएकाे बाेलपत्रमा मिलेमताेकाे अाराेप लगाईएकाे छ ।

महाेत्सवस्थलकाे अनुमति दिने निकायसँग महाेत्सवकाे मुख्य अायाेजक रहेकाे दाेलखा उद्योग वाणिज्य संघले विज्ञप्ती जारी गरेर विवाद निकाल्न खाेज्नुले महाेत्सव प्रभावित हुन सक्ने भीमेश्वर नगरपालिका स्राेतकाे भनाई छ ।

अारसीसी प्यारापिट सहितकाे ३५०० जना अटाउने फुटबल रंगशाला बनाउने नगरपालिकाकाे गाैरवकाे अायाेजना भएकाेले कुनैपनि विषयमा सम्झाैता गर्न नसकिने स्राेतकाे दावी रहेकाे छ । टुँडिखेलकाे बिषयमा विवाद निकाल्न खाेजे महाेत्सव स्थगित हुन सक्ने स्राेतकाे दावी छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।