दोलखामा पहिलोपटक स्थानीय तहले दियो सार्वजनिक विदा, ग्याल्पो ल्होसारमा गौरीशंकर गाउँपालिका विदा

 आवाज संवाददाता     १२ फाल्गुन २०७६, सोमबार

रवीन्द्र गौतम । दोलखा

फागुन १२, चरिकोट । उत्तरी दोलखाको गौरीशंकर गाउँपालिकामा फागुन १४ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदाको घोषणा गरेको छ ।

करिब २७ प्रतिशत शेर्पा जातिको बसोबास रहेको गौरीशंकर गाउँपालिकाले सोमबार विज्ञप्ती जारी गरी फागुन १४ गते ग्याल्पो ल्होसारको अवसरमा सार्वजनिक विदा दिएको हो । फागुन १४ गते शेर्पा जातिको ग्याल्पो ल्होसारमा सार्वजनिक विदा दिने निर्णय गरिएको गौरीशंकर गाउँपालिकाका निमित्त कार्यकारी प्रमुख लिलाराज पौडेलले जानकारी दिए ।

गाउँपालिकाले दिएको सार्वजनिक विदामा गाउँपालिका भित्रको सम्पूर्ण सरकारी कार्यालय तथा विद्यालयहरु बन्द रहने उनले बताए । दोलखा जिल्लाका स्थानीय तहले पर्व विशेषमा विदा दिएको यो पहिलोपटक हो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।