तामाकोशी गाउँपालिकालाई स्थानीयद्वारा ३३ रोपनी जग्गा दान

 आवाज संवाददाता     १४ फाल्गुन २०७६, बुधबार

फागुन १४, चरिकोट । दक्षिणी दोलखाको तामाकोशी गाउँपालिकालाई भ्युटावर, पोखरी लगायतका निर्माण कार्यको लागि ३३ रोपनी जग्गा दान गरिएको छ ।

तामाकोसी गाउँपालिका ६, च्यामा घोरनागीमा गाउँपालिकाले भ्युटावर, पोखरी र पिकनिकस्पट बनाउने भएपछि च्यामाका चन्द्रबहादुर लगायत १५ जनाले आफ्ना पुर्खा पर्मानन्द फुयालको नामबाट आपूmहरुको नाममा आएको ३३ रोपनी जग्गा गाउँपालिकालाई दिएका हुन् । चन्द्रबहादुर फुयाल लगायत १५ जनाको सोचाई आममानिसहरुकोभन्दा पृथक छ । गाउँको विकासमा स्थानीय सरकार जतिकै स्थानीय नागरिकको पनि दायित्व हुन्छ चन्द्रबहादुरले भने, ‘त्यसैले हामीले ३३ रोपनी जग्गा गाउँपालिकालाई दिएका छौ ।’

स्थानीय सरकारमात्र सबै थोक हैन, चन्द्रबहादुरले भने, ‘गाउँको विकासमा स्थानीय सरकारले योजना बनाएर नेतृत्व गर्छ भने स्थानीय नागरिकले पनि आपूmले सक्ने सहयोग गर्नुपर्छ, अनिमात्र विकास सम्भव हुन्छ ।’ कतै स्थानीय सरकारले चासो नदिने र कतै स्थानीय नागरिकले चासो नदिने भएकैले गाउँको विकास नभएको चन्द्रबहादुर लगायतको बुझाई छ । हामी गाउँको विकासको लागि स्थानीय सरकारसँग हातेमालो गर्न तयार छौ चन्द्रबहादुरले भने, ‘त्यसैले जग्गा दिएका हौ ।’

गाउँपालिकाको विकास योजनामा स्थानीय नागरिकले चासो दिएर महत्वपूर्णस्थलको जग्गा दान गर्नु विकासमा सकारात्मक सहयोग भएको तामाकोशी गाउँपालिकाका अध्यक्ष इश्वरचन्द्र पोखरेलले बताए । स्थानीयले जग्गादान गरेकोले अब कालिञ्चोक, शैलुङ, गौरीशङ्कर हिमाल जस्ता आकर्षक स्थलहरुको दृश्यावलोकन गर्न सकिने घोरनागीमा गाउँपालिकाले छिट्टै भ्यूटावर र पोखरी सहितको पिकनिकस्पट बनाउने अध्यक्ष पोखरेल बताउँछन् ।

स्थानीय नागरिकको सहयोगमा गाउँपालिकाले पर्यटन, कृषि लगायत हरेक क्षेत्रमा महत्वपुर्ण उपलब्धि हासिल गर्न सक्ने अध्यक्ष पोखरेलको भनाई छ । तामाकोसी गाउँपालिका ६, मसिनाचौर र ऐरामेका स्थानीय कृष्णप्रसाद फुयाल(क), कृष्णप्रसाद फुयाल(ख), मयानाथ फुयाल(क), मयानाथ फुयाल(ख), डम्बरकुमारी फुयाल, भीमप्रसाद शर्मा, दुर्गाबहादुर फुयाल, चन्द्रबहादुर फुयाल, अर्घलाल फुयाल लगायत १५ जनाले गाउँपालिकाको अध्यक्ष इश्वरचन्द्र पोखरेल र उपाध्यक्ष उर्मिला केसीको उपस्थितिमा अमिनले नापजाँच गरेअनुसार ३३ रोपनी जग्गा गाउँपालिकाको नाममा रजिष्ट्रेसन पास गरिदिएका छन् ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।