गौरीशंकर गाउँपालिकाले घरघरमा पु¥याई दियो एसईई दिने परीक्षार्थी

 आवाज संवाददाता     ६ चैत्र २०७६, बिहीबार

नवराज शिवाकोटी । चरिकोट

चैत ६, चरिकोट । आज बिहिबारबाट सञ्चालन गर्ने तयारी भएको माध्यमिक विद्यालय परीक्षा (एसईई) स्थगित भएर विचल्ली भएका गौरीशंकर गाउँपालिकाभरका विद्यार्थीहरुलाई गाउँपालिकाले घरघरमा पु¥याई दिएको छ ।

कोरोना भाईरस संक्रमणको सम्भावित जोखिमबाट बच्न पूर्व सतर्कताका लागि सरकारले बिहिबारबाट एसईई स्थगित गरेपछि विचल्लीमा परेका गाउँपालिकाको विभिन्न ९ ओटा वडाहरुका १२९ विद्यार्थीहरुलाई गाउँपालिकाले घरघरमा पु¥याई दिएको हो ।

परिक्षा केन्द्र पुगिसकेको अवस्थामा परिक्षा स्थगित भएका कारण बिद्यार्थीलाई घर फर्कन समस्या भए पछि गाउँपालिकाले सवारी साधनको व्यवस्था गरेको गौरीशंकर गाउँपालिकाका अध्यक्ष सोयमबहादुर खड्काले जानकारी दिए ।

गाउँपालिकाले ८ ओटा बोलेरो जीप र एउटा बसको व्यवस्था गरी १२९ जना विद्यार्थीहरुलाई घरघरमा पु¥याउने व्यवस्था मिलाएको अध्यक्ष खड्काले जानकारी दिए ।

सार्वजनिक यातायातको व्यवस्था नभएको कारण विद्यार्थीहरुलाई घर जाने व्यवस्था मिलाउनको लागि करिब ८० हजार खर्च भएको अध्यक्ष खड्काले अनुमान गरेका छन् ।

गौरीशंकर गाउँपालिकाभरका ५ ओटा विद्यालयहरुको एसईई केन्द्र हलेश्वर माबि सुरी परेको थियो । सुरीबाट झ्याँकु, जँुगु, चंखु, मार्बु र खारेका विद्यार्थीहरुलाई जीप र बसको व्यवस्था गरी घरघरमा पठाईएको गौरीशंकर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप खड्काले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।