कोरोना संक्रमितसँगै आएका दोलखाका दम्पति प्रशासनको सम्पर्कमा

 आवाज संवाददाता     १२ चैत्र २०७६, बुधबार

रवीन्द्र गौतम । दोलखा

चैत १२, चरिकोट । नोबेल कोराना भाइरस (कोभिड–१९)को पुष्टि भएकी किशोरीसँगै कतार एयरवेजको विमानमार्फत नेपाल फर्केका दोलखाका २ जना काठमाण्डौ र दोलखा प्रशासनको सम्पर्कमा आएका छन् ।

सम्पर्कमा आएका खगेन्द्रकुमार कार्की र मञ्जुदेवी कार्की तामाकोशी गाउँपालिका(३ झुलेको रहेको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । आज बुधबार दोलखा प्रशासनको सम्पर्कमा आएका उनीहरू श्रीमान श्रीमती हुन् ।

नेपाल प्रहरीको साईबर क्राईम व्युरोले दुबैजनाको मोबाईल लोकेसनको ट्राभल हिस्ट्री र टावर कनेक्टिङ हिस्ट्रीलाई ट्रयाकिङ गर्दा उनीहरू दोलखा प्रवेश नगरेको दोलखाका डीएसपी रेवतीरमण पोखरेलले जानकारी दिए । प्रजिअ शर्माका अनुसार दुबैजना भक्तपुरको काँडाघारीस्थित आफ्नै घरमा सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

उनीहरुमा कोरोना भाईरसको संक्रमणको कुनैपनि लक्षण नदेखिएको प्रजिअ शर्माको भनाई छ । उनीहरु दुबैलाई काठमाण्डौं प्रशासनले आफ्नो निगरानी र सम्पर्कमा ल्याई बिहिबार परीक्षण समेत गराउने तयारी गरेको प्रजिअ शर्माले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।