दोलखामा पहिलोपटक कोरोनाको आरडीटी परीक्षण रिपोर्ट एकजनामा ‘पोजेटिभ’

 आवाज संवाददाता     ७ जेष्ठ २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

जेठ ७, चरिकोट । दोलखामा पहिलोपटक कोरोना भाइरस संक्रमणको आरडीटी परीक्षणको रिपोर्ट ‘पोजेटिभ’ आएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा बुधबार ९७ जनामा आरडीटी परीक्षण गरिएकोमा एकजना पुरुषको रिपोर्ट ‘पोजेटिभ’ देखिएको संकट व्यवस्थापन समिति दोलखाका प्रवक्ता विभुकुमार झाले जानकारी दिए ।

आरडीटी ‘पोजेटिभ’ देखिएका पुरुषलाई प्राथमिक स्वास्थ्य केन्द चरिकोटको आइसोलेसनमा राखिएको छ । ति पुरुषबाट बिहिबार बिहानै घाँटीको ¥याल संकलन गरेर पीसीआर परीक्षणको लागि धुलिखेल अस्पताल पठाईने प्रवक्ता झाले जानकारी दिए ।

यसअघि पाँचपटक गरी दोलखा जिल्लाबाट पठाईएको १५ जनाको कोरोना भाइरस संक्रमणको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । ट्राभल हिस्ट्री भएका सहित लकडाउनमा दोलखा आएका १२२ महिला र ४४२ पुरुष गरी ५६४ जनामा गरिएको आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।