दोलखाको एक नीजि जंगलको विचमा बेबारिसे लाश

 आवाज संवाददाता     १४ जेष्ठ २०७७, बुधबार

रवीन्द्र गौतम । दोलखा

जेठ १४, चरिकोट । भीमेश्वर नगरपालिकाको एक नीजि जंगलको विचमा एक युवाको बेबारिसे लाश प्रहरीले बरामद गरेको छ । स्थानीयको जानकारीका आधारमा मंगलबार दिउँसो करिब ४ बजे भीमेश्वर नगरपालिका–७, उखुबारी ठूलोचौरस्थित नुनबहादुर कार्कीको नीजि जंगलबाट प्रहरीले बेबारिसे लाश बरामद गरेको हो ।

नाम, थर नखुलेका करिब ३४ बर्षको जस्तो देखिने पुरुषको उत्तिसको रुखामा नाईलनको डोरीको पासो लगाई झुण्डी नाईलनको डोरी चुँडिएर रुख मुनी उक्तानो परेको अबस्थामा बेबारिसे लाश भेटिएको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए ।

बेबारिसे लाश बरामद गरेको २४ घण्टा बितिसक्दा समेत सनाखत हुन नसकेपछि प्रहरीले सार्वजनिक सूचना जारी गरेर पहिचानको लागि हुलिया सार्वजनिक गरेको प्रहरी निरीक्षक बोहराले जानकारी दिए । उक्त व्यक्तिलाई चिन्ने जोकोहीले पनि प्रहरीलाई जानकारी दिन सक्ने सूचनामा भनिएको छ ।

प्रहरीकाअनुसार बर्ण गहुँगोरो बर्णको, दाह्रीजुँगा पालेको, उचाई करिब ५ फिट ३ ईन्च, अगाडीको कपाल खैरो तथा पछाडीको कपाल रातो र कालो, निलोसँग कालो मिसिएको हुक, भित्र कालो टिसर्ट, खरानी रंगको पाईन्ट र टाईटेक्स पर्पल रंगको चप्पल लगाएको हुलिया सार्वजनिक गरेको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।