दोलखाको ७६ बर्षिय बृद्धमा कोरोना संक्रमण, टिचिङ अस्पतालमा उपचार

 आवाज संवाददाता     १५ जेष्ठ २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

जेठ १५, चरिकोट । दोलखाको एक ७६ बर्षिय बृद्धमा कोरोना संक्रमण देखिएको छ । सदरमुकाम चरिकोटबाट करिब ३ किलोमिटर उत्तरतर्फ भीमेश्वर नगरपालिका–२, तिखातलका ७६ बर्षिय बृद्धलाई कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

प्रमुख झाको अनुसार स्वास्थ्य मन्त्रालयले पुष्टी गरेको जानकारी दिए । केएमसी अस्पतालमा उपचारकै क्रममा आरडीटी परीक्षण पोजेटिभ देखिए पछि घाँटीको ¥याल संकलन गरेर टेकुमा गरिएको पीसीआर परीक्षणमा पनि पोजेटिभ देखिए पछि गए राती नै उनलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा तेस्रो लेभलको उपचार भईरहेको अस्पताल स्रोतले जनाएको छ ।

योसँगै दोलखा जिल्ला पनि कोरोना संक्रमितको सूचीमा परेको छ । संक्रमितको छोरा बैदेशिक रोजगारीमा छन् भने बुहारीले उनलाई उपचारको लागि काठमाण्डौं लगेकी थिइन् । बुहारीलाई टिचिङ अस्पतालले क्वारेन्टाइनमा राखेको छ र बिहिबार ¥याल संकलन गरेर परीक्षण गरिने टिचिङ अस्पताल महाराजगंजका निर्देशक डा. प्रेम खड्काले जानकारी दिए ।

हिँडडुल गर्न नसक्ने ति बृद्धलाई उच्च रक्तचाप देखिए पछि शनिबार स्थानीय अस्पतालमा उपचारको लागि लगिएकोमा टाउकोमा रगत जमेको कारण काठमाण्डौं रिफर गरिएको संक्रमितको भाईले जानकारी दिएका छन् । चरिकोटस्थित नेपाली सेनामा कार्यरत संक्रमितको बुहारीको भाई करिब डेढ हप्ताअघि सो घरमा भेटघाटमा गएको उनको भाईले जानकारी दिएका छन् ।

संक्रमितको घरलाई बाह्य सम्पर्कका लागि रोक लगाईएको दोलखाका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । घरमा रहेका २ छोरीको ¥याल संकलन गरेर पीसीआर परीक्षणको लागि पठाइने प्रजिअ शर्माले जानकारी दिए । संक्रमितलाई अस्पताल पु¥याउने एम्बुलेन्स, नेपाली सेना लगायतलाई ट्रेसिङ सुरु गरिएको उनले बताए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।