चरिकोट कारागारबाट ३ कैदीबन्दी भए जेलमुक्त

 आवाज संवाददाता     १५ जेष्ठ २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

जेठ १५, चरिकोट । चरिकोट कारागारमा रहेका ३ जना पुरुष कैदीबन्दी जेलमुक्त भएका छन् । नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्ष पुगेको अवसरमा बिहिबार १३ औँ गणतन्त्र दिवस मनाउने क्रममा कैदीबन्दीको ५० प्रतिशत कैद मिनाहा गरिने व्यवस्था अनुरुप उनीहरु जेलमुक्त भएका हुन् ।

चरिकोट कारागारमा बन्दी जीवन विताईरहेका कालिञ्चोक गाउँपालिका–२ बाबरेका खड्गबहादुर बुढाथोकी, त्रियुगा नगरपालिका–२, उदयपुरका ललित चौधरी र राजापुर नगरपालिका–३, बर्दियाका लक्ष्मणप्रसाद चौधरीले ५० प्रतिशत कैद मिनाहा पाएर बिहिबार जेलमुक्त भएका हुन् ।

१३औं गणतन्त्र दिवसको अवसर पारेर सरकारले ५० प्रतिशत कैद सजाए मिनाह गरेको चरिकोट कारागारका जेलर नथु शाहले जानकारी दिए ।

कम्तिमा २ बर्षदेखि बढिमा ५ बर्षसम्म कैद सजाय पाएर ५० प्रतिशत कैद भुक्तान, कारागारमा असल चालचालन देखाएका ति कैदीबन्दीहरुलाई चरिकोट कारागारले बैशाख २६ गते जेलमुक्तीका लागि सिफारिस गरेको जेलश शाहले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।