बागमती सरकारबाट दोलखाले पायो ५७ करोड १२ लाख २० हजार (हेर्नुहोस् पूर्णपाठ)

 आवाज संवाददाता     ६ असार २०७७, शनिबार

रवीन्द्र गौतम । दोलखा

असार ६, चरिकोट । बागमती प्रदेशले असार १ गते संसदमा पेश गरेको बजेटलाई शुक्रबार पास गरेर स्थानीय तहगत र योजनागत दुबै प्रकारको बजेट सार्वजनिक गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले शुक्रबार आप्mनो वेव पोर्टलमार्फत सार्वजनिक गरेको ब्रेकडाउन सहितको बजेटमा दोलखाको ९ स्थानीय तहले ५७ करोड १२ लाख २० हजार प्राप्त गरेको छ ।

बागमती प्रदेश सरकारबाट जिरी नगरपालिकालाई ५ करोड ७९ लाख १२ हजार, भीमेश्वर नगरपालिकालाई ८ करोड ६९ हजार, कालिञ्चोक गाउँपालिकालाई ६ करोड ८२ लाख ३५ हजार, गौरीशंकर गाउँपालिकालाई ७ करोड ५३ लाख ३७ हजार, तामाकोशी गाउँपालिकालाई ६ करोड ६७ लाख ९१ हजार, बैत्यश्वर गाउँपालिकालाई ६ करोड ९३ लाख ३२ हजार, मेलुङ गाउँपालिकालाई ५ करोड ९२ लाख ५० हजार, विगु गाउँपालिकालाई ४ करोड ५० लाख १६ हजार, शैलुङ गाउँपालिकालाई ४ करोड ९२ लाख ७८ लाख प्राप्त गरेको छ ।

विस्तृत बजेट हेर्न अन्तर-सरकारी-वित्तीय-हस्तान्तरण-स्थानीय-तह-२०७७-७८ थिच्नुहोस्

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।