शैलुङ गाउँपालिकाले सार्वजनिक ग¥यो कोरोना सर्तकताको आम्दानी खर्च

२ नगरपालिका र ६ गाउँपालिकालाई दबाब सिर्जना

 आवाज संवाददाता     ८ असार २०७७, सोमबार

रवीन्द्र गौतम । दोलखा

असार ८, चरिकोट । पश्चिमी दोलखाको शैलुङ गाउँपालिकाले कोरोना सर्तकता र रोकथामका लागि आइतबारसम्म भएको सम्पूर्ण आम्दानी र खर्च सार्वजनिक गरेको छ ।

कोरोना महामारीको सर्तकता र रोकथामको लागि बागमती प्रदेशमै पहिलोपटक दोलखाको शैलुृङ गाउँपालिकाले आम्दानी खर्च सार्वजनिक गरेको हो ।

कोरोना महामारी सर्तकता र रोकथामका लागि शैलुङ गाउँपालिकाले पछिल्लो ४ महिनादेखि आईतबारसम्म रु. ३८ लाख ९९ हजार पाँचसय ७० रुपैयाँ खर्च भएको शैलुङ गाउँपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए ।

बागमती प्रदेशको अनुदान १० लाख र गाउँपालिकाको आन्तरिक स्रोत ३१ लाख ३३ हजार एकसय ६६ रुपैयाँ आम्दानी गरेको अध्यक्ष दुलालले जनाए ।

नेपालमा कोरोना महामारी सर्तकता र रोकथाममा भएको खर्च सार्वजनिक गर्न आन्दोलन नै चलिरहेका बेला शैलुङ गाउँपालिकाले सार्वजनिक गरेको आम्दानी र खर्चको फेहरिस्तलाई निकै सकारात्मक रुपले दिईएको छ ।

शैलुङ गाउँपालिकाले सार्वजनिक गरेको आम्दानी खर्च पारदर्शीताको कारण जिल्लामा रहेका २ नगरपालिका र ६ गाउँपालिकाहरुलाई पनि आम्दानी खर्च सार्वजनिक गर्न दबाव परेको छ ।

गाउँपालिकाले सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा बढि क्वारेन्टाइन व्यवस्थापनको लागि खर्च भएको छ । क्वारेन्टाइन व्यवस्थापनका लागि मात्र शैलुङले १७ लाख ८४ हजार पाँचसय ९ रुपैयाँ खर्च गरिएको अध्यक्ष दुलालले बताए ।

पालिकाभर रहेको स्वास्थ्य संस्थाहरुलाई अनुदानस्वरुप ९ लाख, स्थानीय तहमा राहत वितरणका लागि ८ लाख तथा सो सामग्रीहरु ढुवानी र वडा कार्यालयको लागि एकलाख ६० हजार खर्च गरिएको छ । गाउँपालिकाले प्रहरी चौकी व्यवस्थापनका लागि समेत एकलाख ७५ हजार अनुदान खर्च गरेको अध्यक्ष दुलालले जनाए ।

आरडीटी किट खरिद, बोलेरोभाडा र भ्रमण खर्च गरी रु. ८० हजार ६१ सहित कूल ३८ लाख ९९ हजार पाँचसय ७० खर्च भई २ लाख ३३ हजार पाँचसय ९६ रुपैयाँ खर्च हुन बाँकी रहेको अध्यक्ष दुलालले जानकारी दिए ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।