दोलखामा थप एकजनामा कोरोना संक्रमण, संक्रमितको संख्या एकमहिला सहित ५ पुग्यो

 आवाज संवाददाता     १८ असार २०७७, बिहीबार

रवीन्द्र गौतम । दोलखा

असार १८, दोलखा । दोलखा जिल्लाका थप एकजनालाई कोरोना संक्रमण पुष्टि भएको छ । भीमेश्वर नगरपालिका–३, स्थित तत्कालीन महिला तथा बालबालिका कार्यालयको क्वारेन्टाइनमा रहेका एक पुरुषमा कोरोना संक्रमणको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले जानकारी दिए ।

भीमेश्वर नगरपालिका–७, का ३० बर्षिय पुरुषलाई कोरोना संक्रमण देखिएको हो । उनी सामान्य अवस्थाका जस्तै स्वस्थ्य रहेको सो क्वारेन्टाइमा रहेको एक व्यक्तिले जानकारी दिएका छन् । यो सँगै दोलखामा एकमहिला सहित कोरोना संक्रमितको संख्या ५ पुगेको छ ।

नगरपालिकाको क्वारेन्टाइनबाट स्वाब संकलन गरेर असार १४ गते परीक्षणका लागि पठाईएकोमा बिहिबार प्राप्त रिपोर्टमा कोरोना संक्रमण देखिएको हो । सोही क्वारेन्टाइनमा करिब १४ दिनदेखि तेस्रो मुलुकबाट आएका ८ जना  पुरुष रहेका छन् ।

यसअघि आइतबार उत्तरी दोलखाको गोरीशंकर गाउँपालिका–५, सुरीस्थित हलेश्वर माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका एक÷एक महिला र पुरुषको कोरोना संक्रमण भेटिएको थियो ।

दोलखाबाट उपचारको लागि काठमाण्डौं गएका एक ६५ बर्षिय बृद्धमा कोरोना संक्रमण पछि मृत्यु भएको थियो भने जुम्लामा कार्यरत एक युवकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।