चरिकोटमा पुरुषले गरे पुरुषकै बलात्कार

 आवाज संवाददाता     १९ असार २०७७, शुक्रबार

रवीन्द्र गौतम । दोलखा

असार १९, दोलखा । भीमेश्वर नगरपालिका–३, चरिकोटस्थित सदरमुकामकै छेउबाट १२ बर्षिय बालकलाई बलात्कार गरेको अभियोगमा एक २२ बर्षिय पुरुष पक्राउ परेका छन् ।

भीमेश्वर नगरपालिका–३, स्थित आफ्नै घरमा मंगलबार बेलुका फकाएर बोलाएर काकाको छोरा १२ बर्षिय भाईलाई बलात्कार गरेको अभियोगमा २२ बर्षिय पुरुष पक्राउ परेका हुन् । गुदद्वारमा अप्राकृतिक मैथुन गरेको भन्दै ति पुरुष विरुद्ध किटानी जाहेरी परेको दोलखाका प्रहरी प्रमुख डीएसपी रेवतीरमण पोखरेलले बताए ।

बलात्कारमा परेका बालकको गुदद्वारबाट रक्तश्राव भएर चरिकोट प्राथमिक स्वास्थ्य केन्द्र भर्ना भएर बिहिबार डिस्चार्ज भए पछि अभिभावकको जिम्मा लगाईएको डीएसपी पोखरेलले बताए । पक्राउ परेका पुरुषलाई प्रारम्भिक सोधपुछ गर्दा बलात्कार गरेको स्वीकार गरेको डीएसपी पोखरेलले जानकारी दिए ।

उनलाई दोलखा जिल्ला अदालतबाट १० दिनको म्याद थपेर अनुसन्धान अघि बढाईएको उनले बताए । प्रहरीले बालकको चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रको रिपोर्ट बाहेक विभिन्न भौतिक बस्तुहरुलाई थप परीक्षणको लागि विधि विज्ञान प्रयोगशाला काठमाण्डौं पठाएको छ ।

ति पुरुषलाई मुलुकी अपराध संहिता २०७४ को दफा २२६ को उपदफा ३ बमोजिम मुद्दा चलाइने प्रहरीको भनाई छ । उपदफा ३ मा बालबालिका बिरुद्ध अप्राकृति मैथुन गर्नेलाई दफा २१९ बमोजिम १८ बर्षदेखि २० बर्षसम्म कैद सजाय हुने उल्लेख छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।