पार्टी र सरकारलाई दोलखा नेकपाको ‘एकमना एकता’ गर्न ध्यानाकर्षण

 आवाज संवाददाता     २० असार २०७७, शनिबार

रवीन्द्र गौतम । दोलखा

असार १९, दोलखा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दोलखाले शनिबार पार्टी र सरकारलाई एकजुट हुनको लागि एक ध्यानाकर्षण पत्र जारी गरेको छ ।

बैठक चलिरहेका बेला स्थायी समितिका सम्पूर्ण सदस्यहरु विभिन्न मतमा विभाजित भई पार्टी एकता, जनभावना तथा पार्टी कार्यकर्ताहरुको भावना माथि चोट पु¥याउने कार्य निश्चय पनि प्रशंसा योग्य नभएको भन्दै नेकपा दोलखाले पार्टी र सरकारलाई एकजुट हुनको लागि शनिबार ध्यानाकर्षण पत्र जारी गरेका छन् ।

नेकपा दोलखाका अध्यक्ष इश्वरचन्द्र पोखरेल र सचिव गोपाल पाण्डेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरुलाई खुशी र उत्साहित बनाउने कार्य बन्द गर्न अनुरोध गरेका छन् ।

त्यस्ता गतिविधिहरु अन्त्य गरी वार्ता, छलफल सहकार्यलाई निरन्तरता दिँदै पार्टीलाई एकमना एकताका साथ अघि बढाउँदै नेपाली जनताको हितमा लाग्न ध्यानाकर्षण गराईएको छ ।

फेसबुक मार्फत कमेन्ट गर्नुहोस् ।